राष्ट्रिय समाचार समिति सिरहा शाखाद्वारा जिम्मेवार पत्रकारिता विषयक कार्यक्रम सम्पन्न

  • फागुन ५, २०८१
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन ५ । राष्ट्रिय समाचार समिति (रासस) सिरहा शाखाले मनायो ६४ औँ वार्षिकोत्सवको अवसरमा "जिम्मेवार पत्रकारिता र राससको भूमिका" विषयक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य राजकुमार गुप्ता (राजु) रहेका थिए भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिकाका मेयर महेश चौधरी, उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारदा, अभियानकर्मी तथा लेखक राजेश विद्रोही तथा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासवानको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले जिम्मेवार पत्रकारिताको महत्वलाई उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा राससले खेलेको भूमिकाको प्रशंसा गरे। उनले पत्रकारिताले समाजलाई सही दिशामा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको आवश्यकतामा जोड दिए।

विशिष्ट अतिथि लहान नगरपालिकाका मेयर महेश चौधरीले रासस जस्तो आधिकारिक समाचार संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे। उनले स्थानीय सरकार र पत्रकारिताबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखे।  उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारदाले व्यवसायिक पत्रकारिताको महत्वबारे चर्चा गर्दै उद्योग तथा व्यापारसँग सम्बन्धित समाचारहरू निष्पक्ष रूपमा सम्प्रेषण गरिनुपर्नेमा जोड दिए। अभियानकर्मी तथा लेखक राजेश विद्रोहीले पत्रकारिताको सामाजिक उत्तरदायित्वबारे चर्चा गर्दै सञ्चार माध्यमहरूले सही सूचनाको प्रवाह गर्नुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासवानले सञ्चार क्षेत्र र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउँदै तथ्यमा आधारित पत्रकारिताले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न सघाउने धारणा राखे। कार्यक्रमको अध्यक्षता रासस सिरहा शाखा प्रमुख सुदिप राउतले गरेका थिए। उनले राससको ऐतिहासिक पृष्ठभूमि, सूचनाको विश्वसनीयता र आधिकारिक समाचार स्रोतका रूपमा यस संस्थाले खेलेको भूमिकाबारे जानकारी गराए।

कार्यक्रममा सिरहाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जिम्मेवार पत्रकारिता, प्रेस स्वतन्त्रता र समसामयिक पत्रकारिताका चुनौतीबारे छलफल गरेका थिए। कार्यक्रम अन्त्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारिताको जिम्मेवारीबारे गम्भीर भएर कार्य गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरियो।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१