Siraha Times
ताजा समाचार

मलामि बस्ने भवन निर्माण कार्य सुरु

  • फागुन ४, २०८१
  • ९६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल सिरहा, फागुन ४ । सिरहाको लहान नगरपालिका वडा नं. १६ स्थित झिरहरी खोलाको बगर नजिक मलामी बस्ने निर्माण कार्य सुरु गरिएको छ। सिरहा र सप्तरी जिल्लाको सङ्गमस्थल रहेको झिझिर खोलानजिकको मलामी भवनबाट दुबै जिल्लाका स्थानीयवासी लाभान्वित हुने वडा अध्यक्ष गरुड बहादुरले जानकारी दिए।

लहान नगरपालिकाको कार्यपालिकाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन गरेको उक्त आयोजना मलामी भवन निर्माण उपभोक्ता समितिमार्फत अघि बढाइएको छ। उपभोक्ता समितिका अध्यक्ष रामबाबु खडका रहेका छन्। कुल लागत २६ लाख ३१ हजार ८७२ रुपैयाँ रहेको छ, जसमा २५ लाख रुपैयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने जनसहभागिताबाट १ लाख ३१ हजार रुपैयाँ संकलन गरिनेछ।

नगरपालिकाले २०८१ माघ २४ गते आयोजना सम्झौता गरी २०८२ जेठ ३० भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। करिब ७०० स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने अनुमान गरिएको यो परियोजनाले मलामी जाने नागरिकलाई सुरक्षित र व्यवस्थित सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१