Siraha Times
ताजा समाचार

सप्तरीको कुसहा—मौवहा—बेल्ही सडक खण्ड जीर्ण, दुर्घटना रोक्न अस्थायी मर्मत

  • फागुन ४, २०८१
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव सप्तरी, फागुन ४ । सप्तरीको कुसहा—मौवहा—बेल्ही सडक खण्ड जीर्ण बन्दै गएपछि त्यस क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको छ। विशेषगरी बलान बिहुल गाउँपालिका-२ स्थित चन्ही चौकदेखि दक्षिणतर्फ रहेको कल्भर्टमा ह्युमपाइप फुटेर बीच सडकमा खाल्डो परेपछि लगातार दुर्घटनाका घटना भइरहेका थिए।

सोही कारण थप दुर्घटना रोक्न बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा गाउँ प्रहरीको सहयोगमा अस्थायी रूपमा स्ल्याब राखी सडक मर्मत गरिएको छ। यस कार्यमा स्थानीयबासी तथा सडक प्रयोगकर्ताको समेत सक्रिय सहभागिता रहेको थियो।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुसहा बजारदेखि बलान बिहुल गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्र बेल्हीसम्मको करीब १६.५ किलोमिटर सडक हाल अत्यन्तै जीर्ण बनेको छ। सो सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माण भएको भए पनि वर्षौंदेखि मर्मत नहुँदा खाल्डाखुल्डी बढ्दै गएको छ।

स्थानीय सवारी चालकहरूका अनुसार सडक जीर्ण बन्दा दैनिक यात्रुहरूलाई असहज भएको छ। वर्षायाममा हिलाम्य हुने र हिउँदमा धुलाम्मे हुने भएकाले यात्रा कष्टकर हुने गरेको छ। स्थानीयबासी तथा यात्रुहरूले सम्बन्धित निकायलाई तत्काल सडक मर्मत तथा सुधारका लागि पहल गर्न माग गरेका छन्। नियमित रूपमा मर्मत सम्भार नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै उनीहरूले प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार अस्थायी मर्मत कार्य गरिएको भए पनि स्थायी सुधारका लागि बजेट विनियोजन भैसकेको  छ। सडक यसै वर्ष चाँडै नै बन्ने," उनले बताए। स्थानीय प्रशासन तथा सरोकारवालाहरूले समयमै आवश्यक कदम नचाले सो सडकको अवस्था अझै बिग्रिने र यात्रुहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने त्रास बढेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१