बाल विवाह विरुद्ध नगरस्तरीय अन्तरक्रिया कार्यक्रम गोलबजारमा सम्पन्न

  • फागुन २, २०८१
  • ४७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान ०२ फागुन । बाल विवाह तथा लैंगिक हिंसा रोकथाममा देखिएका समस्या र चुनौतीबारे नगरस्तरीय सरोकारवालाहरूको सहभागितामा विशेष अन्तरक्रिया कार्यक्रम गोलबजारमा सम्पन्न भएको छ। कार्यक्रम मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा सम्पन्न भएको थियो भने गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। उप-प्रमुख मान्ती साह विशिष्ट अतिथि रहेको कार्यक्रममा सरोकारवालाहरूले बाल विवाह तथा लैंगिक हिंसाका विविध आयामबारे आफ्ना धारणा व्यक्त गरे।

कार्यक्रम उद्घोषिका सञ्जु कुमारी दासले लैंगिक हिंसा र बाल विवाह रोकथामका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै स्थानीय प्रशासन, प्रहरी र सामाजिक संघसंस्थाहरूको समन्वयमा मात्र दीर्घकालीन समाधान खोज्न सकिने बताइन्। उनले महिला र बालबालिकाको हक अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको औंल्याइन्।

गोलबजार नगरपालिका वडा नं. ३ का धन प्रसाद लामाले बाल विवाहलाई गम्भीर सामाजिक समस्या भन्दै यसका दुष्प्रभावबारे सचेत गराए। उनले कम उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक रूपमा अपरिपक्वता रहने र शिक्षामा बाधा पर्ने भएकाले समाजले बाल विवाहलाई निरुत्साहित गर्नुपर्ने बताए। उनले भने, "यदि कसैले बाल विवाह गराए वा गरे भने हामीलाई खबर गर्नुहोस्, हामी कानुनी कारबाही गर्छौं।"

कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरूले बाल विवाह रोक्न प्रयास भइरहे पनि सामाजिक, सांस्कृतिक र आर्थिक कारणले यो समस्या अझै कायम रहेको बताए। उनीहरूले निम्न विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याए: सांस्कृतिक परम्परा: कतिपय समुदायमा बाल विवाह परम्परागत रूपमा कायम रहँदा यसको अन्त्य गर्न चुनौती रहेको। शिक्षा अभाव: कम शिक्षित अभिभावकहरू कानूनी व्यवस्थाबारे अनभिज्ञ हुँदा बाल विवाहलाई गलत ठान्दैनन्। आर्थिक समस्या: गरिबीका कारण बालिकाहरूलाई छिटो विवाह गराइन्छ जसले गर्दा उनीहरूको भविष्य जोखिममा पर्छ। प्रभावकारी कानूनी कार्यान्वयनको अभाव: कानूनी प्रावधान भए पनि ग्रामीण क्षेत्रमा यसको कार्यान्वयन कमजोर रहेको। कार्यक्रममा बाल विवाह रोकथामका लागि विभिन्न उपायहरूमाथि छलफल गरियो। सहभागीहरूले निम्न सुझावहरू अघि सारे:

१. बालिका शिक्षालाई प्राथमिकता दिनु २. अभिभावकहरूलाई सचेत पार्ने कार्यक्रम सञ्चालन गर्नु ३.कानूनी कारबाहीलाई कडाइका साथ कार्यान्वयन गर्नु ४.सामाजिक संस्थाहरूको सहकार्यमा जनचेतनामूलक अभियान सञ्चालन गर्नु ५.आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनु गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले नगरपालिकाले बाल विवाह तथा लैंगिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए। उनले भने, "समस्या समाधानका लागि नगरपालिका, प्रहरी प्रशासन, सामाजिक संघसंस्था र आम नागरिक सबैको सहकार्य आवश्यक छ। नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन्छ।"

अन्तरक्रिया कार्यक्रमले बाल विवाह तथा लैंगिक हिंसाका विषयमा स्थानीय सरोकारवालाहरूबीच गहिरो छलफल गर्न सहयोग गरेको सहभागीहरूको प्रतिक्रिया थियो। उनीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय बासिन्दा, महिला समूहका प्रतिनिधि तथा संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१