Siraha Times
ताजा समाचार

डिभिजन वन कार्यालय र स्थानीय तहबीच अन्तरक्रिया तथा समन्वय गोष्ठी सुरु

  • फागुन २, २०८१
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, फागुन ०२ । डिभिजन वन कार्यालय र स्थानीय तहबीच अन्तरक्रिया तथा समन्वय गोष्ठी आजदेखि औपचारिक रूपमा सुरु भएको छ। डिभिजन वन कार्यालयको आयोजना तथा समन्वयमा आयोजित उक्त गोष्ठी डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भइरहेको छ।

गोष्ठीको प्रमुख अतिथि जिल्ला समन्वय समिति (जि.स.स.)का अध्यक्ष दिनेश महतो रहेका छन् भने विशिष्ट अतिथि जि.स.स. उप-सभापति दिलिप कुमार लामा रहेका छन्। साथै, डिभिजन वन कार्यालयका प्रतिनिधिहरू, स्थानीय तहका पदाधिकारीहरू, पत्रकार, वातावरणविद्, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको छ।

उक्त गोष्ठीको उद्घाटन डिभिजन वन निर्देशनालयका जय नाथ जैसवालले गरेका थिए भने सञ्चालन राधेश्याम चौधरीले गरेका थिए।

कार्यक्रमको उद्देश्य वन तथा वातावरण संरक्षणका विषयमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनु, वन संरक्षण सम्बन्धी नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा स्थानीय तहसँग सहकार्य गर्ने, वन क्षेत्रका समस्या तथा समाधानका उपायबारे छलफल गर्ने रहेको छ।

कार्यक्रम आयोजकका अनुसार अन्तरक्रिया गोष्ठी दुई दिनसम्म सञ्चालन हुनेछ। पहिलो दिन वन व्यवस्थापनका हालका समस्या, कानुनी प्रावधान, र नीति कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे छलफल हुनेछ भने दोस्रो दिन स्थानीय तहहरूसँग सहकार्य गर्दै दीर्घकालीन वन संरक्षण रणनीति निर्माणबारे छलफल हुनेछ।

गोष्ठीमा सहभागी वक्ताहरूले वन संरक्षणका लागि सामुदायिक सहभागिता अभिवृद्धि गर्नुपर्ने, वन अतिक्रमण रोक्न कडा कानुनी कार्यान्वयन गर्नुपर्ने, र स्थानीय तहहरूले वन व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

दुई दिनसम्म चल्ने उक्त अन्तरक्रिया कार्यक्रमबाट प्रभावकारी नीति निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१