Siraha Times
ताजा समाचार

काम गर्दै जादा कतै न कतै गल्ती हून्छ मुख्य मन्त्रि सिहं

  • फागुन १, २०८१
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चौधरी लहान १ फाल्गुन । मधेश प्रदेशको सरकारी कामकाजको भाषामा थारु भाषालाई पनि समेटेर अघि बढने मधेश प्रदेशका मुख्य मन्त्रि सतिस कुमार सिंहले बताए । सरकारी कामकाजको भाषा सम्वन्धमा बनेको विधेयक सदनमा पेश भएपछि थारु भाषा छुिट्टएको थियो । भाषा छुट्टिए पछि थारु नेता कार्यकर्ता लगायतका थारु अगुवाहरुको ध्यान केन्द्रित भएपछि विभिन्न विज्ञप्ती र आन्दोलन पछि सो भाषा विधेयक पास हुन सकेन । यस विषयलाई मनन गर्दै मुख्य मन्त्रि सिंहका अनुसार थारु भाषा भुलबस छुटेको हो यसलाई हामी भाषा विधेयकमा समेटने गरी अगाडी बढ्ने बताए । भुल सबैबाट हुन्छ, काम गर्दै जादा कतै न कतै गल्ती हून्छ यसलाई हामी सबै मिलि अगामी दिनमा सच्चाए् जाने बताए ।

मधेशले नेपाली भाषाको अतिरिक्त मैथली, भोजपुरी, बज्जिका, हिन्दि र अंग्रेजीलाई सरकारी कामकाजको भाषाको रुपमा अगाडी सारेको थियो । यसै विषयलाई खण्डन गर्न बिहिबार जनकपुरमा मधेश प्रदेशको कामकाजको भाषा सम्वन्धि परामर्श गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान तथा राजविराज बहुमुखि क्याम्पसका प्रध्यापक महेश कुमार चौधरीले मधेश प्रदेशमा थारु भाषाको अवस्था वारे कार्यपत्र प्रस्तुत गरेका छन् । जसमा नेपालको राष्ट्रिय्र जणगनना २०७८ को अनुसार नेपालमा थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ रहेको र यो जाति नेपालको चौथो ठुलो जातिय समूहमा रहेको कार्यपत्रमा उल्लेख छ । मधेश प्रदेशमा मातृ भाषाहरुको जनसंख्यीक विवरण हेर्दा थारुहरु ४ं.१७ रहेको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा उपस्थित सम्पुर्ण प्रदेश सभा सदस्यहरुले १ प्रतिशत भन्दा माथि बोलिनै सबै भाषालाई सरकारी कामकाजको भाषामा समेटनु पर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंंघ मधेश प्रदेश समन्वय समिति र थारु कल्याणकारिणी सभा केन्द्रिय कार्य समितिको सहकार्य र आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको आयोजनामा गोष्ठि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१