शम्भु चौधरी लहान १ फाल्गुन । मधेश प्रदेशको सरकारी कामकाजको भाषामा थारु भाषालाई पनि समेटेर अघि बढने मधेश प्रदेशका मुख्य मन्त्रि सतिस कुमार सिंहले बताए । सरकारी कामकाजको भाषा सम्वन्धमा बनेको विधेयक सदनमा पेश भएपछि थारु भाषा छुिट्टएको थियो । भाषा छुट्टिए पछि थारु नेता कार्यकर्ता लगायतका थारु अगुवाहरुको ध्यान केन्द्रित भएपछि विभिन्न विज्ञप्ती र आन्दोलन पछि सो भाषा विधेयक पास हुन सकेन । यस विषयलाई मनन गर्दै मुख्य मन्त्रि सिंहका अनुसार थारु भाषा भुलबस छुटेको हो यसलाई हामी भाषा विधेयकमा समेटने गरी अगाडी बढ्ने बताए । भुल सबैबाट हुन्छ, काम गर्दै जादा कतै न कतै गल्ती हून्छ यसलाई हामी सबै मिलि अगामी दिनमा सच्चाए् जाने बताए ।
मधेशले नेपाली भाषाको अतिरिक्त मैथली, भोजपुरी, बज्जिका, हिन्दि र अंग्रेजीलाई सरकारी कामकाजको भाषाको रुपमा अगाडी सारेको थियो । यसै विषयलाई खण्डन गर्न बिहिबार जनकपुरमा मधेश प्रदेशको कामकाजको भाषा सम्वन्धि परामर्श गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान तथा राजविराज बहुमुखि क्याम्पसका प्रध्यापक महेश कुमार चौधरीले मधेश प्रदेशमा थारु भाषाको अवस्था वारे कार्यपत्र प्रस्तुत गरेका छन् । जसमा नेपालको राष्ट्रिय्र जणगनना २०७८ को अनुसार नेपालमा थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ रहेको र यो जाति नेपालको चौथो ठुलो जातिय समूहमा रहेको कार्यपत्रमा उल्लेख छ । मधेश प्रदेशमा मातृ भाषाहरुको जनसंख्यीक विवरण हेर्दा थारुहरु ४ं.१७ रहेको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा उपस्थित सम्पुर्ण प्रदेश सभा सदस्यहरुले १ प्रतिशत भन्दा माथि बोलिनै सबै भाषालाई सरकारी कामकाजको भाषामा समेटनु पर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंंघ मधेश प्रदेश समन्वय समिति र थारु कल्याणकारिणी सभा केन्द्रिय कार्य समितिको सहकार्य र आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान सानेपा ललितपुरको आयोजनामा गोष्ठि सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic