Siraha Times
ताजा समाचार

प्रधानमंत्रीलाई ज्ञापनपत्र विवाहको उमेरहद कानुनी रुपमा २० वर्षनै राख्न अनुरोध

  • माघ ३०, २०८१
  • ७८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, लाहान, माघ ३० । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले माघ २९ गते मंत्री परीषदको कार्यालय सिंहदरवार काठमाण्डौ पुगि प्रधानमंत्री के.पी. शर्मा ओलीलाई बालविवाह रोक्न विवाहको कानुनी उमेर हद २० वर्ष नै यथावत राख्नुपर्ने सुझाब सहित ज्ञापनपत्र बुझाई माग गरेका छन् । सो विषयमा सात ओटै प्रदेशका प्रतिनिधि टोलीले मंगलबार प्रधानमंत्रीलाई ध्यानाकर्षण गराउँदै संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको राष्ट्रिय महिला मानवअधिकार रक्षक संजालकीअध्यक्ष तथा मुक्ति नेपाल गोलबजार सिरहाकी कार्यकारी निर्देशक श्याम कुमारी साहले जानकारी दिनुभयो ।

उहाँले अध्ययन, अनुसन्धान तथा वैज्ञानिक तथ्यकाआधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तहबाट एकाएक उक्त उमेर १८ वर्षमा झार्ने बहस अगाडि बढनु राम्रो नरहेको बताउनुभयो । विश्वमा बालविवाह बढी हुने देशमध्ये नेपाल दशौं स्थानमा रहेको र नेपालमा पनि मधेश प्रदेशमा सबै भन्दा बढी बालविवाह हुने गरेको र बालविवाहकै कारण विभिन्न हिंसा र समस्याहरु भोग्दै आएको हामी सबैले विभिन्न माध्यमहरु बाट थाहापाई रहेका हुन्छौं । यस्तो अवस्थामाविवाहको उमेर घटाउँदा अझविकराल स्थिति उत्पन्न हुन सक्ने र बालबालिकाको शिक्षा र प्रजनन स्वास्थ्यमा समेत असर पर्ने बताउदै बालबालिकाको शिक्षा, प्रजनन् स्वास्थ्य, मानसिक तथा शारीरिक परिपक्वता, सम्मान युक्त पारिवारिक वा सामाजिक जीवनयापन, बालअधिकार, किशोर किशोरीको अधिकारलाई ध्यानमा राखीकानुनी रुपमा नेपालमा विवाहको उमेर २० वर्ष तोकिएकाले आफूहरु सोही कायम गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताउनुभयो । 

यही हप्ताको आइतबार माघ २७ गते सात ओटै प्रदेशका बालविवाह र लैङ्गिक हिंसाविरुद्ध जागरण अभियान सञ्चालन गर्दै आएको ३० भन्दा बढी संघ संस्थाले महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय, प्रधानमंत्री तथा मन्त्रीपरिषदको कार्यालय साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई पनि ज्ञापनपत्र बुझाएका थिए । मुलुकीदेवानी सहिंता २०७४ को दफा ७० को उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पूरा भएको भनी व्यवस्था रहेकोमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गत गठन भएको उपसमितिले २०८१ माघ २ गते विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझाव प्रति आपत्ति जनाँउदै महिलाको प्रजनन् स्वास्थ्य र बालविवाह निषेधिकरणको क्षेत्रमा कामकाज गर्ने संघ संस्थाले लगातार सम्बन्धित निकायहरुलाई यस विषयमा सचेतीकरण गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१