मधेश सरकारद्वारा सिरहाको सोहपुरमा दुई ओटा सडक RCC ढलानको शिलान्यास

  • माघ ३०, २०८१
  • ३८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ३०। मधेश सरकारको आ.व. ०८१/०८२ अन्तर्गत सिरहा क्षेत्र नं. २ (१) बरियारपट्टी गाउँपालिका-४, सोहपुरमा दुई ओटा सडकको RCC ढलान कार्यको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका सम्माननीय मुख्यमन्त्री सतिश सिंह रहनुभएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री त्रिभुवन साह, क्षेत्रीय सांसद संजय यादव, बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष महतो, उपाध्यक्ष ममता कुमारी यादवलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

May be an image of tree and text that says 'Government of Madhesh Province Ministry of Physical Infrastructure Development Infrastructure Development Directorate Infrastructure Development office Siraha 1.Name of the Road सिरहा, बरिवारपट्टी गा.पा. 8 सोहपुरको अमरनाय यादवको घर देखि प्रकाश मण्डलको घर सम्म पि.सि.सि. ढलान कार्य 2. Contract ID :IDOSIR-W-NCB-Road-2-081-082 3. Name of the contractor Dev Construction Dhangadhimai Na.Pa.-5 4. Contract Amount :4,653,480.90 (Including VAT and PS) 5. Date of Contrct Agreement: 2081-10-21 6. Intended Date of work Completion 2082-1-25 7. Major Works included in the contract Earthworks, Sub-Base, Base Course, Rigid Pavement Implementing Agency: IDO, Siraha'

उक्त सडक निर्माण बजेटका लागि विशेष पहल गर्ने जनमत पार्टीका नेतृ अनिता माण्डल, नेता राजेश मण्डल तथा अन्य सरोकारवाला व्यक्तिहरूलाई कार्यक्रमका वक्ताहरूले विशेष धन्यवाद व्यक्त गरे। शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार जनताको सुविधाका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आगामी दिनमा थप सडक तथा विकास निर्माणका कार्यहरूलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of 10 people and temple

यस परियोजनाले स्थानीयवासीको आवागमन सहज बनाउने, व्यापार व्यवसाय प्रवर्द्धन गर्ने र समग्र क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। सडक निर्माणको शिलान्याससँगै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यसअघि सडकको अवस्था दयनीय थियो, जसले गर्दा दैनिक यात्रा कष्टकर हुने गर्थ्यो। "हामीले धेरै वर्षदेखि यो सडक पिच गर्ने माग गरिरहेका थियौं। अहिले आएर सरकारको ध्यान गएकोमा धन्यवाद दिन चाहन्छौं," स्थानीय एक बासिन्दाले भने। यस सडक निर्माण कार्यको शीघ्र सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

सिराहा सिडियोले भन्य ...

विष्णुदेव सरदार महोत्तरी / फागुन २७ गते यही आउँदो फाल्गुन २९ गते बिहीबार पहाडमा होली र चैत १ गते शुक ...

श्री लक्ष्मण ललिता क ...

रहमुल लहान, फागुन २७ । लहान नगरपालिका–३, रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१