पोखरियामा नयाँ नियुक्ती पाएकाहरुलाई तलब पाईएन, अधिकृत श्रीवास्तव माथि कारवाहीको माग

  • माघ १४, २०८१
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १४ माघ। पर्साको पोखरिया नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले गरेका भ्रष्टाचारजन्य कार्यहरुको पोल एकपछि अर्को खुल्दै गएको छ । अधिकृत श्रीवास्तव नगरपालिकामा निमित्तको कार्यभार सम्हाले देखि नै कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका छन् । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि अझ पनि थुप्रै भ्रष्टाचारका फाईलहरु माथि अनुसन्धान गर्न आवश्यक रहेको सचेत नगरवासीहरुको भनाई रहेको छ । 

अधिकृत श्रीवास्तव र लेखापाल मन्दिप महतोले कमिशन र विलासिताको लागि केही महिना पहिले स्यामसुङ्ग अलट्रा प्रोम्याक्स मोबाईल ५ थान खरिद गरेको स्रोतले जनाएको छ । जुन प्रति मोबाईलको मुल्य करिब १ लाख ८० हजार रहेको बताईन्छ । नगरपालिकामा दिन प्रतिदिन भ्रष्टाचार बढदै गए पनि महँगो मोबाईल खरिद गरी अधिकृत श्रीवास्तवले एउटा आफै, एउटा लेखापाल महतो, एउटा प्रशासन प्रमुख संजय पाण्डे र एउटा नगरप्रहरी ईन्चार्ज दिनेश चौहानलाई वितरण गरिएको र एउटा कसैलाई खुसी पार्न सुरक्षित राखिएको स्रोतले जनाएको छ ।

त्यसैगरी अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत करिब दुई देखि तीन लाखसम्म घुसको रकम असुली दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिए पनि उनीहरुले हालसम्म तलब नपाउँदा आक्रोशित भएका छन् । बिना कुनै सूचना, बिना कुनै औचित्य रकम असुलीकै लागि सर्टिफिकेटको फोटो कपी र निवेदनको भरमा भ्रष्ट अधिकृत श्रीवास्तवले कर्मचारी भर्ना गरी नगरपालिकालाई तहसनहस र भ्रष्टाचारको आँखडा बनाएको बताईन्छ । 

रकम दिई जागिर पाएका व्यक्तिहरुले तलब नपाउँदा बिचौलिया र अधिकृत श्रीवास्तवलाई चौक÷चौक र पालिकामै पुगी तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको स्रोतले जनाएको छ । घुसको रकम फिर्ता गर्नु पर्ने डरले अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरु मोबाईल स्विच अफ गरी सम्पर्कमा आउनै नचाहेको करारमा नियुक्ती पाएका एक कार्यालय सहयोगीले नाम नछाप्ते शर्तमा बताए । दैनिक ज्यालादारीमा बिचौलियाहरु मार्फत दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती भएको स्रोतको भनाई रहेको छ । 

रकमको बलमा नियुक्ती दिलाउने बिचौलियाहरु बसन्त आर्ट पोखरियाका सञ्चालक बलराम साह तेली, फायरबिकेट ईन्चार्ज नन्दकिशोर यादव उर्फ टाईसन, सहायक प्रशासन प्रमुख बिजय साह तेली, पञ्जिकरण शाखा प्रमुख सुनिल राम, अपाङ्ग तथा न्यायिक समिति शाखा प्रमुख ललन पटेल, वडा नं. ९ का सहायक वडा सचिव भगवान साह कानु, श्री नेपाल राष्ट्रिय आधारभुत कन्या मा.वि. सतवरीया पोखरियाका प्रधानाध्यापक रामबाबु चौहान, सुपरभाईजरमा नियुक्त भएका शैलेस गुप्ता, जगतपुर मननपुर निवासी सुमित साह गोढ, लमरिया निवासी रामचन्द्र साह तेली, कार्यपालिका सदस्य राधा साह कानु, श्रीसिया निवासी मदन चौहान, वडा नं. ५ का वडाध्यक्ष महेन्द्र महतो चाईको छोरा राजु भन्ने संतोष चौहान, जिन्सी फाँटमा काम गर्ने संदिप साह लगायत रहेको स्रोतले जनाएको छ ।

बिचौलियाहरु मध्ये प्रधानाध्यापक रामबाबु चौहानले आफ्नो छोरी, ज्वाई, भाई लगायतकाहरुलाई आफ्ना परिवारकै सदस्यहरुलाई शिक्षकमा नियुक्ती गराई मावि सतवरीया पोखरियामा अध्यापन गराउदै आएको ती स्रोतको भनाई रहेको छ । यतिमात्र होईन, भ्रष्ट अधिकृत श्रीवास्तवले निर्माण व्यवसायी, सप्लायर्स, एनजिओ लगायत सँग करोडौं रुपैया अग्रिम कमिशन लिएर कार्यदेश दिएकोमा अब भुक्तानी नहुने भनि चिन्ताले डिप्रेशनको शिकार हुन पुगेको एक ठेक्केदारले बताए । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि अधिकृत श्रीवास्तव कार्यालयमा आए पनि मुख न्याउरो गरी बस्ने गरेको कर्मचारीहरु नै बताउंदछन् । सो नगरपालिकामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले बिना औचित्य सयकडौं सँग करोडौं असुली नियुक्ती दिएकोमा यस सन्दर्भमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन नियमनकारी निकाय सँग नयाँ नियुक्ती पाएका कर्मचारीहरुकै माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१