Siraha Times
ताजा समाचार

सिरहाको दलित र बितपन विद्यार्थीहरु पाएनन छात्रवृति

  • जेठ २७, २०७६
  • ८१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , २८ जेष्ठ सिरहा । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित रहेको आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित तथा पितपन विद्यार्थीहरु छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा बजेट निकासा नदिँदा उत विद्यालयका करीब एक सय भन्दा बढी दलित विद्यार्थीहरु अहिले सम्म छात्रवृत्ति नपाउदा निरासा भएका छन ।  गत वर्ष २०७४ चैत महीना यता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेकोले सो विद्यालयका विद्यार्थीहरुले गुनासो गरेका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक सुफल सदाले बताए । गत वर्ष विद्यालयले छात्र वृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए । छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकोले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताए । यादवको अनुसार नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे ता पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवले बताएका छन।  मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१