Siraha Times
ताजा समाचार

पि.सि.सि. सडक पाएपछी बस्ती हिलोधुलोमुक्त

  • माघ ९, २०८१
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान,माघ ९ । लहान नगरपालिका वडा नं. २२ पटेर्वाको ढुलमुले गाउँमा नवनिर्मित पीसीसी (प्लेन सिमेन्ट कंक्रिट) सडकको उद्घाटन नगरप्रमुख महेश चौधरीले रिवान काटेर गरेका छन्। ११८ मिटर लम्बाइ, ६ फिट चौडाइ, र ६ इन्च मोटाईमा बनेको यस सडकको निर्माण वडाध्यक्ष श्याम अधिकारीको नेतृत्वमा सम्पन्न भएको हो। सडक निर्माणले यस क्षेत्रलाई हिलो र धुलोमुक्त बनाउँदै स्थानीयको दैनिक जीवनलाई सहज बनाउने विश्वास लिएको छ।

उद्घाटन कार्यक्रममा मेयर चौधरीले लहान नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले घर अभावमा बसिरहेका स्थानीयलाई घर निर्माण गरिदिने र विवाह-बर्तजस्ता सामाजिक कार्यका लागि धर्मशाला निर्माण गर्ने आश्वासन पनि दिए।

वडा स्तरीय योजनाअन्तर्गत सञ्चालित यो परियोजनाको कुल लागत ८,२५,३०२.३३ रुपैयाँ रहेको छ। उपभोक्ता समितिका अध्यक्ष सैलेन्द्र कुमार साहका अनुसार कार्यालयबाट ८,००,००० रुपैयाँ र जनसहभागिताबाट ४१,३०२.३३ रुपैयाँ संकलन गरिएको छ। परियोजनाको सम्झौता मिति २०८१ साल भदौ २१ गते र सम्पन्न गर्ने मिति २०८१ साल फागुन १० गते तोकिएको थियो।

सडक निर्माण सम्पन्न भएसँगै करिब ४०० स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। स्थानीय बासिन्दाले हिलोधुलोमुक्त वातावरणमा जीवनयापन गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। सडकको विकासले यातायात, व्यापार, र अन्य दैनिक कार्यमा समेत सहजता ल्याउने विश्वास लिइएको छ। सडक उद्घाटन कार्यक्रममा विभिन्न वडास्तरीय प्रतिनिधिहरू, स्थानीय नेता, र बासिन्दाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१