Siraha Times
ताजा समाचार

नेकपा एकीकृत समाजवादी ३२ लाख घाटामा

  • माघ ७, २०८१
  • ७०५ पटक पढिएको
  • रामएकवाल राम
alt

नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले कार्यालयको सूचना पाटीमा टाँस गरी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।  

जसमा गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको उल्लेख छ।  एकीकृत समाजवादी   ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए÷गरेको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रमुख पौडेलले जानकारी दिएका छन्।

473577640_628350493041030_9173380307458739719_n-1737360521

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१