सुरुङ्गा नगरपालिका वडा न. ८ मा स्वीटर वितरण

  • माघ ७, २०८१
  • ४६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, ०७ माघ । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा आज विभिन्न बिधालयहरुमा ५ सय स्वीटर वितरण कार्यक्रम सप्पन्न गरेको छ । सुरुङ्गा नगरपालिका वडा न. ८ को वडा अध्यक्ष श्याम प्रसाद साह्को अध्यक्षता तथा सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको प्रमुख आतिथ्यमा सुरुङ्गा नगरपालिका ८ सप्तरीको श्री माध्यमिक बिद्यालय मलहनमा शितलहर तथा चिसोबाट बाच्न र सधै विद्यार्थीहरुलाइ बिद्यालय आउन जनप्रतिनिधिहरुको रोहबरमा २ सय पचास जना विद्यार्थीहरुलाई मेयर चौधरीबाट स्वीटर बितरण गरेको कुरा कार्यक्रम संचालक ८ न. वडाको वडा सचीव सन्तोष कुमार चौधरीले जनाएको छ।

श्री राष्ट्रिय आधारभूत बिद्यालय महुलिया सप्तरीको १ सय पचपन बिद्यार्थीहरुलाइ र मुसहर्निया आधारभूत बिधालय सम्सेरपुरको ९५ बिद्यार्थीहरुलाइ जम्मा ५०० स्वीटर सुरुङ्गा नगर पालिकाको सहयोग तथा सुरुङ्गा नगरपालिका ८ न. वडा कार्यलय मलहनमाको आयोजनामा बितरण गरेको कुरा आयोजक श्याम प्रसाद साहले बताए। कार्यक्रममा बिशिस्ट अतिथी सु. न. पा. को प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवान , बि. ब्य. स. अध्यक्ष बालक दास चौधरी, बिद्यालयको प्रधानाध्यापक राम कुमार महरा, जिन्सी शाखा प्रमुख राज कुमार यादब, शुभ नारायण चौधरी शिक्षक शिक्षिकाहरु,वडा सदस्यहरु , अभिभावकहरु तथा तीनवटै बिधालयको प्र. अ. बि. ब्य. स. को अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१