Siraha Times
ताजा समाचार

लहान नगरपालिका-११ मा वडा कार्यालय भवनको उद्घाटन सम्पन्न

  • माघ २, २०८१
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०२ माघ । लहान नगरपालिका-११ पडरियाको वडा कार्यालय भवनको उद्घाटन नगर प्रमुख महेश चौधरीद्वारा मंगलबार सम्पन्न भएको छ।समारोहमा प्रमुख अतिथि मेयर चौधरीले नव निर्मित भवनले जनतालाई सेवा प्रदान गर्न थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति अच्छमित लाल चौधरी, वडा अध्यक्ष सुर्य नारायण चौधरी, बद्री चौधरी, श्याम अधिकारी थारु, तेजनारायण चौधरी, कार्यपालिका सदस्य सतौनीदेवी चौधरी, र कांग्रेस इकाई सभापति रामचन्द्र साहलगायतको उपस्थिति थियो।

उक्त भवन निर्माण स्थानीय स्तरको स्रोतसाधन परिचालन गरी सम्पन्न भएको हो। सहभागीहरूले भवन निर्माणले स्थानीय जनताको समस्या समाधान गर्न र सेवा प्रवाहलाई सहज बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले वडा कार्यालय भवनले वडा नम्बर ११ का बासिन्दाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे। कार्यक्रममा स्थानीय बासिन्दाहरूको  उपस्थिति रहेको थियो।

May be an image of 4 people and temple

May be an image of 1 person, studying and crowdMay be an image of 8 people and textMay be an image of 4 people and text

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१