Siraha Times
ताजा समाचार

जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि यादव सप्तरीमा

  • पुस २४, २०८१
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २४ पुस। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू तीन दिवसीय पार्टी अभियानका लागि सप्तरी पुग्नु भएको छ । आजदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका निर्वाह गर्नुहुनेछ ।

सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको छ । जसमा जिल्लाका केन्द्रीय नेतृत्वसहित क्षेत्रिय, पालिका र वडा स्तरका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको छ ।

दोस्रो दिन पौष २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउपालिका वडा नंं १ स्थित प्रसाहीमा आयोजना गरिएको छ । त्यसलगत्तै पौष २६ गते क्षेत्र नं ४ को लागि खड्क नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ । पछिल्लो पाँच महिनादेखि निरन्तर राजधानी काठमाडौंदेखि देशब्यापी हरेक पालिका र वडा स्तरसम्मै संगठन बिस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् । 

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरे लगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरीका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुग्नु भएको हो ।

May be an image of 9 people and text

May be an image of one or more people, dais and text that says 'VIVOT3= T3 vivo 01/03/2025,12:58 2025 12:58'May be an image of 8 people

May be an image of 4 people and crowd

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१