नगर प्रमुख चौधरीद्वारा राउ स्मारक अस्पतालका बिरामीलाई कम्बल सहयोग

  • पुस २२, २०८१
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस २२ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा गरिब असहाय बिरामीहरुको लागि रा.उ स्मारक प्रादेशिक अस्पताल लहानलाई ६५ थान कम्बल सहयोग गरिएको छ। लहान नगरका हितका लागि सधै आफु लागिरहने नगर प्रमुख चौधरीले बताए साथै  यो सहयोग लहान नगरपालिकाबाट भएको हो, जसले अस्पतालका बिरामीहरुको  स्थितिबारे चासो राख्दै शीतलहरको समयमा राहत पुर्याउने उद्देश्यले कम्बल दान गरेको हो।

उक्त कम्बल अस्पतालका प्रमुख डा. बिजेन्द्र कुमार यादवका अनुसार, शीतलहरको प्रकोपले अस्पतालका बिरामीहरूको अवस्था थप गम्भीर बनाउँछ, र यसका कारण उनीहरूको स्वास्थ्यमा थप समस्या उत्पन्न हुन सक्छ र यतिखेर चिसोबाट बच्न यो राहत स्वरूप दिएको कम्बलले केहि हदसम्म न्यानोपन दिनेछन यसैले, कम्बल वितरणले बिरामीहरूको शारीरिक र मानसिक आरामको उपाय हुनेछ।

समाजसेवी मेयर महेश प्रसाद चौधरीले भने, "हामीले समाजका असहाय र बिरामी वर्गलाई शीतलहरबाट बचाउनका लागि यो पहल गरेका छौं। आशा छ, यसले बिरामीहरूको उपचारमा केही राहत पुर्याउनेछ।" यो पहल अस्पतालमा रहेका बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पुर्याउने र शीतकालीन समस्याबाट निपट्नमा ठूलो मद्दत गर्ने विश्वास गरिएको छ। राउ स्मारक प्रादेशिक अस्पतालको यो कदम अन्य अस्पतालहरूलाई पनि प्रेरणा दिने कुरा गरिएको छ।

May be an image of 9 people and text

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१