Siraha Times
ताजा समाचार

प्रेस सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्न

  • पुस २२, २०८१
  • ५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज, २२ पुस। प्रेस सेन्टर नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन सोमवार भव्य रुपमा सम्पन्न भएको छ। प्रेस सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी देवराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको महासचिव गोपाल प्रसाद गुप्ता ,सेन्टरकै प्रदेश सचिव ध्रुव कुमार मण्डल,सेन्टरकै प्रदेश कोषाध्यक्ष दिपेन्द्र कुमार यादव अखिल नेपाल किसान महासंघको केन्द्रिय उपाध्यक्ष हरिनारायण महतो, नेपाल राष्ट्रिय कर्मचारी संगठनको मधेश प्रदेश अध्यक्ष विकु यादव, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी मुख्य संचालिका भगवती दिदी,ब्रह्माकुमारी उप-सेवा केन्द्र फतेपुरकी मुख्य संचालिका निरा दिदी लगायतकाहरुले विचार व्यक्त गरेका थिए। 

सर्वसहमतले अध्यक्षमा विन्दु कुमार यादव,उपाध्यक्षमा कमानन्द माझी,महिला उपाध्यक्षमा मञ्जु यादव,सचिवमा जितेन्द्र गुप्ता र कोषाध्यक्षमा भुपेन्द्र मण्डललाई चयन गरिएको छ। त्यसैगरी सदस्यहरुमा दिपक चौधरी,त्रिभुवन यादव,शिव नारायण यादव,गिरिजा यादव,नेहा रानी गुप्ता,मनोज कुमार यादव लगायत १५ सदस्य जिल्ला कार्य समिती चयन रहेका छन्। यसैगरी सल्लाहकारमा महेन्द्र मण्डल बनवारीलाई चयन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१