Siraha Times
ताजा समाचार

नवराज पौडेलको अध्यक्षतामा २९ सदस्य रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

  • पुस २०, २०८१
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । 

रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरु व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकारहरू आफ्नो गाउँठाउँको समाचारहरूलाई प्राथमिकताका साथ छाप्नुपर्ने बताउनु भएको छ । चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले मिडियाहरूलाई मर्ज गर्ने गरी सबै एकजुट हुनुपर्नेमा धारणा राख्नुभयो । धेरै मिडिया भएकोले सबैलाई एकीकृत गरी अगाडि बढ्नु पर्ने पाण्डेको भनाई रहेको थियो ।

शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले पत्रकारहरु स्थानीय सरकारको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश अकोराबका पूर्वअध्यक्ष राजु खरालले कपिलवस्तु पश्चिमका पत्रकारहरू क्रियाशील बन्दै गएको प्रति खुशी व्यक्त गर्नुभयो । पत्रकारका नेता समेत भएका खरालले पत्रकारहरू संस्थागत विकास तर्फ अग्रसर भई लाग्नुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शनिल्ला धोबीले पत्रकारितालाई मजबुत तरिकाले लैजानुपर्ने बताउनुभयो । धोबीले व्यापारी व्यवसायीले समेत पत्रकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुका अध्यक्ष सनिउल्ला धोबीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ समिति सर्वसम्मत रुपले चयन गरिएको छ । कपिलवस्तुको चेम्बर अफ कमर्सको सभाहाल चन्द्रौटामा भएको रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ । 

वरिष्ठ उपाध्यक्ष पदमा सुर्य गुरुङ ,उपाध्यक्ष बृजेश जयसवाल, उपाध्यक्ष (महिला ) विष्णु (विपना) पौडेल, महासचिव केशव बेल्बासे रहनु भएको छ । त्यस्तै सचिवमा अजय मिश्र, सचिव(समावेशी) पदमा बृजेश यादव, काेषाध्यक्ष पदमा अनेक पाण्डे, सह काेषााध्यक्ष पदमा कृष्ण पौडेल सहित निर्वाचित २९ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु खरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१