काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदन छलेर सरकारले दल विभाजन अध्यादेश ल्याउन खोजेको आरोप लगाएका छन् । पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले उक्त आरोप लगाएका हुन् ।प्रवक्ता सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए । प्रवक्ता सापकोटाले भने,‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो । संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो।’अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
लहान सडक डिभिजनका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दायर
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic