Siraha Times
ताजा समाचार

शिक्षा विना केहि पनि सम्भव छैन अध्यक्ष यादव

  • पुस १६, २०८१
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमूल लहान १६ पुस सप्तरीको बलान विहुल गाउँपालिका ६ जागेश्वर गरहाइ जन्ता मा०वि० सेहराको नव भवन शिल्यानास गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द यादवले शिक्षा बिना केहि पनि सम्भव छैन वताएका हुन। विगत लामो समय देखि बिबादित रहेको यस विद्यालयको अवस्था लथालिङ रहेको थियो तर गा.पा. अध्यक्ष यादवको लामो प्रयास पछि वल्ल विद्यालयमा सुधार हुदै गैरहेको अवस्था छ। मा० वि० सम्म संचालनमा रहेको यस विद्यालयमा १०+२ विगत केहि दिन देखि संचालनामा रहेको डिप्लोमा इन्जीरिङ र वाली विज्ञान अध्यन्त अध्‌यापन हुदै आए‌कोमा भौतिक संरचनाको अभावमा निकै समस्‌या भैरहेको थियो तर अव लगभग ८ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भैरहेको र १५ महिना भित्र काम सम्पन्न हुने विद्यालय स्रोतले जनाएका छन।

विगत केहि दिन देखि गा. पा. अध्यक्ष यादव टिम सहित हरेक विद्यालयको अनुगमन गरिरहेको गा.पा. अध्यक्ष सचिवालय‌ले जनाएका छन । शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादव म केहि दिन देखि हरेक विद्यालयको सम्बन्धित पक्ष लगायत विधार्थीहरुको कक्षा कोठामा गएर शिक्षा सम्बन्धी गतिविधि बुझने प्रयास गरेको वताएका छन । 

उहाँ अगाडी थप्दै बलान बिहुल गा.पा. सप्तरी जिल्लाको पश्चिम दक्षिण कुनामा अवस्थित लगभग २० गाउँकोले बनेको पालिका हो र यी गाउँहरू पहिला देखि नै पिछडिए‌को र दुर्गम ठाउँको रूपमा चिनिन्थ्यो तर स्थानीय सरकार गठन भए यता विस्तारै सुधार भैरहेको वताउदै शिक्षा विना कैहि पनि सम्भव नरहेकोले आफु स्थानीय सरकार प्रमुख रहुन्जेल मेरो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, खाद्धान र आवासीय रहने समेत बताएका छना अध्यक्ष यादव अझ अगाडी थप्दै सरकारी विद्यालय सम्बन्धी व्यापक जनगुनासो आईरहेकोले सम्पूर्ण पक्ष अव सचेत हुन जरूरी रहेको वताउँदै विद्यार्थी, अभिभावक, शिक्षक अति संवेदनशील हुन समेत बताएका हुन । कार्यक्रम समापन पछि संचारकर्मीको जिज्ञासामा अध्यक्ष यादव निजि विद्यालयको तुलनामा सरकारी विद्यालयहरूमा सुबिधा सम्पन्न भौतिक संरचना छ र दक्ष विज्ञ शिक्षकहरु कार्यरत छन तर पनि सरकारी बिधालयहरु प्रति नागरिकहरु संतुष्ट न हुनुको कारण के त? किन नागरिक चर्को मुल्य तिरेर विद्यार्थी निजि विद्यालयमा पढाउदैछन त ? सरकारको यत्रो ठुलो लगानी हुदाहुँदै प्रतिफल संतोषजनक न हुनु आखिर कारण के त ? अब मेरो यस तर्फ गम्भिर ध्यानाकर्षण भए‌को छ बताएका छन।

संचारकर्मिको अर्को जिज्ञासामा अध्यक्ष यादव मेरो दुई बर्ष कार्यकाल धेरै ताजोमांजो मिलाउन‌मा वित्यो तर अव म शिक्षा प्रति बढ़ी चासो राखेको छु। सरकारले के गर्नु पर्छ त्यो गर्छ नै तर सबै मिलेि सरकारलाई सह‌योग गर्न सबै पक्ष संग आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१