ताजा समाचार

लहान १३ मा आवलागी २५ हजारको क्षती

  • पुस १०, २०८१
  • ९४५ पटक पढिएको
  • रहमुल
alt

शम्भु चौधरी लहान, १० पुस । गए राती लहान १३ घलेटोलमा आगलागी भएको छ । आगलागी परालको टालमा भएको स्थानिय अमिरलाल यादवले बताए । नन्दकिशोर मिश्रले करीब डेढ बिगहाको पराललाई टाल बनाएर राखेकोमा आगलागी भएको पिडित मिश्रले बताए ।

आगो कसरी लगेको कु्रा पता नलागेको अवस्था छ । अज्ञात समुहले आगो लगाए ता पनि ( नाम नखुल्ने गरी ) एक जना माथी शंका भएको पिडित मिश्रले बताए । आगलागीबाट करीब २५ हजार बराबरको क्षति भएको पिडित पक्षको दवी छ । आगलागीबाट उखु खेतीमा पनि क्षति भएको र यस पटक गरेर मेरो परालको टालमा दुई पटक आगो लगाएको पिडितले बताए ।

आगो नियन्त्रणमा लिन स्थानिय बासीको सहयोग,ईलाका प्रहरी कार्यालय पक्कीटोल, शस्त्र बेश क्याम्प लहान र लहान बारुण यन्त्रको सहयोगमा केहि बेर पछि आगो साम्य पारेको थियो । आगो अहिले पनि पुर्णरुपमा निभेको छैन । परालको टाल अति ठुलो छ कि आगो एक हप्तासम्म रहन सक्ने स्थानियहरुले बताए । हाम्रो समाजबाट नैतिकता नै हराएको स्थानिय एक शिक्षक कौशल मिश्रले बताए । मान्छेको खाना बजार वा कुनै पसलमा किन्न सक्छौ तर वस्तुभावको खाना कहा किन्छौ । यस्तो निन्दनिय कार्य गर्ने मान्छे मानव नै होईन शिक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सांसद ललिता दास विद् ...

रहमुल, लहान, ८ कात्तिक। मधेस प्रदेश सभा सदस्य ललिता दास विद्रोहीले लहान नगरपालिकाका नगर प्रमुख महेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤