जनयुद्ध" शब्दमाथिकाे प्रतिबन्ध लोकतन्त्रको हत्या र जनताको अधिकारको अपमान हो: मशहूद खां नेपालीको भावुक विरोध

  • पुस ९, २०८१
  • ३६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्रा कृष्णनगर, कपिलवस्तु, मंसिर ९ माओवादी केन्द्रको महिला विंगको कृष्णनगरमा पहिलो सम्मेलन, क्रान्तिकारी सन्देशको घोषणा गरेको छ।  कृष्णनगरमा माओवादी केन्द्र पार्टीको महिला संगठन, अखिल नेपाल महिला संघ क्रान्तिकारी समितिको पहिलो सम्मेलन आयोजना गरिएको थियो, जसमा सयौँ महिलाहरूले भाग लिएका थिए। कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र पार्टीको केन्द्रीय सदस्य शान्ति देवी हरिजननले गर्नुभएकाे थियाे भने विशिष्ट अतिथिहरूमा माओवादी केन्द्र  जिल्ला अध्यक्ष विष्णु बेलबासे, लुम्बिनी प्रदेश सदस्य मौलाना मशूद खाँ नेपाली, राजेन्द्र आचार्य र जावेद आलम खाँ समावेश हुनुहुन्थ्याे । कार्यक्रमको संचालन गणेश प्रसाद बन्जाडेले गर्नु भएकाे थियाे ।

यस सम्मेलनमा शबनम खातुनको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको थियो। उल्लेखनीय कुरा के हो भने शबनम खातुन कृष्णनगर नगरपालिका की पहिलो उप-मयरको पदमा रहि काम गरिसक्नु भएकाे छ । सम्बाेधनकाे क्रममा माओवादी केन्द्रीय सदस्य  शान्ति देवी हरिजनले महिलाहरूको महत्त्वमा जोड दिंदै भन्नुभयाे"महिलाहरू कुनै पनि समाजको परिवर्तनको मुख्य स्रोत हुन्। हाम्री पार्टीले सधैं महिलाहरूको अधिकार र समान अवसरहरूको समर्थन गरेको छ। यो सम्मेलन महिलाहरूको क्रान्तिकारी शक्तिलाई सङ्गठित गर्ने एक महत्वपूर्ण कदम हो। हामी विश्वास गर्छौं कि महिलाहरूको नेतृत्वले नेपालमा विकासको नयाँ अध्याय सुरु गर्नेछ।"

जिल्ला अध्यक्ष विष्णु बेलबासेले आफ्ना विचार राख्दै भन्नुभयाे"माओवादी आन्दोलनको सफलता महिलाहरूको सहभागिता बिना असम्भव थियो। यो सम्मेलन महिलाहरूलाई राष्ट्रिय धारामा समावेश गर्ने हाम्रो प्रयासको एक भाग हो। हामी आशा गर्छौं कि नयाँ गठन गरिएको समिति सामाजिक विकास र न्यायका लागि सक्रिय रुपमा काम गर्नेछ।" सम्बाेधनका क्रममा प्रदेश सदस्य मौलाना मशूद खाँ नेपालीले बक्तव्य दिदै माओवादी पार्टीको सफलता लाई जनताको समर्थनको प्रतीकको रूपमा हेर्दै भन्नुभयाे । 

"हालैको उप-चुनावमा जनताले माओवादी पार्टीमा जुन विश्वास देखाए, त्यो हाम्रो क्रान्तिकारी संघर्षको सत्यता र जनताको सेवामा समर्पणको प्रमाण हो। यो केवल एक सफलता मात्र होइन, बरु यो नेपालको विकास र न्यायमा आधारित व्यवस्थाको आधार रच्नेछ। हामी जनताको यस विश्वासमा खराे उत्रनको लागि सबै प्रयास गर्नेछौं।" उहांले थप्दै भन्नुभयाे"यो जित केवल हाम्रो पार्टीको होइन, बरु ती सबै नागरिकहरूको हो जसले देशमा न्याय, समानता र विकास चाहन्छन्। यो प्रमाण हो कि आज पनि जनताहरु क्रान्तिकारी परिवर्तनका लागि तयार छन् र उनीहरू त्यस्तो समाजको सपना देख्न चाहन्छन् जहाँ प्रत्येक वर्गकाे समान सहभागिता हुनेछ " मौलाना नेपालीले न्यायपालिकाको हालको निर्णयको कडा आलोचना गर्दै भन्नुभयाे । 

"न्यायपालिकाले 'जनयुद्ध' शब्दमा प्रतिबन्ध लगाएर आफैलाई सरकारको दबावमा ल्याएको छ। यदि अतीतमा जनयुद्ध भएको हुन्थेन भने आज यो देश लोकतन्त्रबाट वञ्चित मात्र हुने थिएन, बरु अदालत पनि एक सम्राटको दासी हुने थियो। त्यो युद्ध जसले जनतालाई उनका अधिकार दिलायो, आज त्यसैलाई दबाउनको प्रयास भइरहेको छ। यो इतिहाससँग अन्याय हो, र हामी यसलाई कुनै पनि हालतमा सहन गर्ने छैनौं।उहांले न्यायपालिकालाई सम्बोधन गर्दै भन्नुभयाे "न्यायपालिका जनताको संरक्षक संस्था हो, यसलाई आफ्ना जिम्मेवारीहरूलाई बुझ्न आवश्यक छ। यदि न्यायपालिका जनताको अधिकारलाई दबाउनेछ भने इतिहासले त्यसलाई कहिल्यै माफ गर्ने छैन। जनयुद्ध केवल हाम्रो संघर्षको आधार होइन, बरु यो यस देशको लोकतान्त्रिक आत्माको हिस्सा हो। हामी हरेक मोर्चामा आफ्ना अधिकार र जनताको विश्वासको रक्षा गर्नेछौं।"

मौलाना नेपालीको बक्तव्यले सम्मेलनमा उपस्थित सबैलाई प्रेरणा र दृढ संकल्पको स्रोत बनायो। उहांको भाषणले केवल माओवादी पार्टीका उद्देश्यहरूलाई स्पष्ट पारेन, बरु क्रान्तिकारी संघर्षको महत्त्वलाई पनि उजागर गर्यो। यस सम्बाेधनले सम्मेलनलाई नयाँ ऊर्जा प्रदान गर्यो र उपस्थित सम्पूर्ण महानुभावहरुले उहांकाे विचारको तालीकाे गड्गडाहका साथ प्रशंसा गरे। शबनम खातुनले सम्बोधनकाे क्रममा भन्नुभयाे "यो समिति महिलाहरूको सामाजिक विकास र राजनीतिक सहभागितालाई सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण कदम हो। हामीलाई आशा छ कि महिलाहरू आफ्नो क्रान्तिकारी सोच मार्फत समाजलाई सुधार्नमा प्रमुख भूमिका निभाउनेछन्।"

जावेद आलम खाँले आफ्नाे मन्तव्यकाे क्रममा भन्नुभयाे "महिलाहरूको सहभागिता कुनै पनि समाजको विकासका लागि अनिवार्य छ। माओवादी केन्द्रको यो पहल महिलाहरूलाई उनीहरूको अधिकार दिलाउने र देशको निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने एक क्रान्तिकारी कदम हो।" सम्मेलनमा महिलाहरूको क्रान्तिकारी शक्तिमा जोड दिँदै माओवादी नेतृत्वले देशमा परिवर्तनका लागि महिलाहरूको सहभागिता महत्त्वपूर्ण ठहर्यायाे । यो सम्मेलन माओवादी आन्दोलनका लागि एक क्रान्तिकारी कदमको रूपमा हेरिएको छ र महिलाहरूको सहभागिता बढाउनको लागि ठूलो पहल हो। यस कार्यक्रमलाई सफल बनाउन तुफैल अहमद खाँ, इन्दिरा पन्त र सीता बूढा थोकिको महत्त्वपूर्ण योगदान रहेको थियो।

प्रतिक्रिया दिनुहोस

किशोरीहरुको अगुवाइमा ...

संजू कुमारी दास, लाहान सिरहा, पुष ११ । सिरहाको गोलबजारमा हानीकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा ...

सामूहिक बलात्कारको आ ...

विराटनगर पुस ११ । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनाला ...

कतारका नव नियुक्त रा ...

रामएकवाल रामदोहा - कतारका लागी नवनियुक्त राजदूत महामहिम रमेश चन्द्र पौडेललाई दोहामा स्थापित वैचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१