मधेशिमाथि भएकाे नश्लिय दुरब्यहवार बिरुद्ध समाजवादी विद्यार्थी युनियन,समाजबादी युवा संघद्वारा संयुक्त रुपमा बुझायो ज्ञापनपत्र

  • पुस ८, २०८१
  • ३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुस ८ । मधेशिमाथि भएकाे नश्लिय दुरब्यहवार बिरुद्ध समाजवादी विद्यार्थी युनियन, समाजबादी युवा संघद्वारा संयुक्त रुपमा जिल्ला प्रसाशन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ । समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा संघ नेपालले मधेसी समुदायमाथि भइरहेका दमन र हिंसात्मक घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

surunga 17

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष उमेश यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालमा हालै भएको एनपीएल (नेपाल प्रिमियर लिग) अन्तिम खेल जितेको खुशियाली मनाउने क्रममा  मधेसी समुदायलाई लक्षित गरी भएका अपमानजनक र हिंसात्मक गतिविधिहरूको विरोध गरिएको छ।

ज्ञापनपत्रमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल सकिएपछि मधेसी युवामाथि लक्षित गरी रंगशालाभित्र र बाहिर अपमानजनक गालीगलौज, झन्डा छिन्ने, र कुटपिटजस्ता घटनाहरू भएको उल्लेख गरिएको छ। यसैगरी, त्रिभुवन विश्वविद्यालय परिसरभित्र र वरिपरि पहाडी समुदायका केही व्यक्तिहरूद्वारा मधेसी युवाहरूलाई कुटपिट गर्दै हिंसा मच्चाइएको घटना प्रत्यक्षदर्शीले प्रमाणित गरेको उल्लेख छ।

घटनाका क्रममा कसैको टाउको फुटाउने, सडकमा लखेट्दै पिट्ने, र महिलालाई समेत अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। यस्ता गतिविधिलाई नस्लीय भेदभावको गम्भीर उदाहरण भन्दै दोषीमाथि संविधान र कानुनअनुसार कडा कारबाहीको माग गरिएको छ।

ज्ञापनपत्रमा सरकारलाई साम्प्रदायिक मानसिकता उन्मूलन गर्दै सबै नागरिकको सम्मान र स्वाभिमानको रक्षा गर्न तत्काल कदम चाल्न आग्रह गरिएको छ। मधेसी समुदायमाथि लक्षित यस्ता घटनाहरूले समाजमा असमानता र विभाजन गहिराउने भएकाले सरकारलाई आफ्नो संवैधानिक दायित्व पूरा गर्न दबाब दिइएको छ। 

ज्ञापनपत्रमा नेपाल किकेट संघ (CAN) द्वारा २०८१ साल मंसिर १५ देखि पुष ०६ गते सम्म आयोजित नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणमा जनकपुर बोल्टसले उपाधि जितन सफल भएकोमा जनकपुर बोल्टस्का सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यावस्थापक तथा लिगमा सहतागी उर्जाशील समर्थक र शुभचिन्तक लगायत सम्पूर्णमा जसपा, नेपालका भातृि संगठन समाजवादी यूवा संघ नेपाल सिरहा जिल्ला कार्य समिति तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । लिगमा सहभागी उप विजेता सुदुर पमि पछिम रोयल्स र सहभागी अन्य सम्पूर्ण टिमले उत्कृष्टताका साथ प्रदर्शन गरि खेल सम्पन्न गरेकोमा सबैलाई हार्दिक धन्यवाद तथा बधाई।

नेपाल प्रिमियर लिग (NPL) जनकपुर बोल्टस तथा सुदुर पछिम रोयलस विच शनिवार भएको अन्तिम खेल पछि एकल जातीय नश्लवादी चिन्तनका केहि अराजक र उपद्रवी समुहद्धारा जनकपुर बोल्टसका समर्थकहरु माथि गरिएको सांघातिक भौतिक आक्रमण प्रति हाम्रो पार्टीको गम्भिर ध्यानकार्षण भएको छ । यस्ता निन्दानिय तथा अराजक घटनाको घोर भर्तसना गर्दै संलगन दोषीहरुको पहिचान गरि कानुनि दायरामा ल्याई कडा भन्दा कडा कार्वाहीको लागि नेपाल सरकार लगायत सबै सरोकारवालाहरु संग जोडदार मांग गर्दछौ साथै सो नश्लीय घटनामा परि घाईते हुनुभएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडितले न्याय नपाएमा यसबाट उतपन्न परस्थितिको नेपाल सरकार स्वयम जिम्मेवार हुने छ ।

प्रतिक्रिया दिनुहोस

सहकार्य गर्न यादवको ...

काठमाडौं, मंसिर ८ जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य ...

एमाले र माउवादी कार् ...

सिरहा ,पाैष ०८ । मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार–१३ दुर्गापुरमा एमाले ...

Nepal Premier league ...

रहमुल लहान ८ पुस । जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित त्रि.वि. क्रिकेट ग्राउण्डमा न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१