Siraha Times
ताजा समाचार

नेपाली समाज कतारले रिक्त पदमा नयाँ अधिकारि चयन

  • पुस ६, २०८१
  • ८३७ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम/शियाराम यादव

दोहा - जसपा नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारले केही नयाँ पदाधिकारीहरु चयन गरेका छन।शुक्रबार एसियन टाउन स्थित लालिगुरासको सभाहल सम्पन्न बैठकबाट संस्थाको थप सुदृढीकरण तथा जिम्मेवारी बाँडफाँडका लागि सर्वसम्मतिमा केही पदपूर्ति गर्ने निर्णय गरेको अध्यक्ष मनिष यादवले बताए।

अध्यक्ष यादवका अनुसार रिक्त रहेका पदहरु मध्ये सचिवमा इसिलाल पण्डित, अर्का सचिवमा रामएकवाल राम, प्रेस संयोजकमा शियाराम यादव, र युवा संयोजकमा बालेश्वर यादवलाई चयन गरेको हो।

नयाँ पद प्रतिस्थापन सँगै संस्थाले आफ्ना विभिन्न उद्देश्य र कार्यभारलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।नेपाली समाज कतारले विगत लामो समयदेखि कतारमा रहेका नेपाली समुदायको हितमा विभिन्न सामाजिक, सांस्कृतिक, र परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस संस्थाले नेपालीहरूको समस्याको समाधानमा पहल गर्नुका साथै समुदायबीच एकता र सहयोगको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

43b60a4b-4087-435d-864e-226bedb1072e

नयाँ पदाधिकारीहरूको चयनसँगै आजैको कार्यसमितिको बैठकले यी निर्णयहरूलाई आधिकारिक रूपमा लागू गर्ने निर्णय गरेको छ। संस्थाभित्र रहेका प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, तथा शुभचिन्तकहरूले नव-पदाधिकारीहरूलाई स्वागत गर्दै कार्यकाल सफल रहोस् भनी एक आपसमा शुभकामना व्यक्त गरेका थिए।

नेपाली समाज कतारका नव-पदअधिकारी प्रेस संयोजक शियाराम यादवले मिडियामार्फत संस्थाको तर्फबाट निर्णयहरूको जानकारी गराउँदै आगामी दिनमा नेपाली समाज कतारलाई अझ सशक्त र प्रभावकारी बनाउन नयाँ नेतृत्वले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
कतारमा रहेका नेपालीहरूको हकहितको रक्षाका लागि क्रियाशील रहँदै आएको नेपाली समाज कतारले आगामी दिनहरूमा थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत अघि सारेको छ। नव-पदाधिकारीहरूको नेतृत्वले संस्थाको सेवा र गतिविधिलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

beed72db-79eb-4bcd-a1c5-123d84081a27

यो नयाँ नेतृत्व चयनसँगै नेपाली समाज कतारले आफ्ना उद्देश्य र लक्ष्यतर्फ अघि बढ्ने दिशामा एक महत्वपूर्ण कदम उठाएको छ। नयाँ जिम्मेवारी पाएका पदाधिकारीहरूको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना सहित संस्थाका अध्यक्ष मनिष यादवले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१