लहान नगरपालिकाद्वारा  १००० निःशुल्क धारा जडान गर्ने

  • मंसिर २५, २०८१
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स मंसिर २५ । लहान नगरपालिका, वाटर एड र दलित जनकल्याण युवा क्लबकाे संयुक्त सहयोगमा सञ्चालित विकन परियोजना मार्फत नगरपालिकाकाे तर्फबाट १००० विपन्न, दलित परिवारकाे घरमा नि:शुल्क खानेपानी धारा जडान गरिने मेयर महेश चौधरीले जानकारी गराएका छन् । चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा यहाँका एक हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको छ।

नगरपालिकाले ‘वाटर एड’ र दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी ‘विकन’ परियोजनामार्फत एक हजार विपन्न तथा दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गर्ने तयारी गरेको नगरप्रमुख महेश चौधरीले बताए। ‘नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या रहेको छ। हामीले त्यहाँ नेपाल खानेपानी संस्थानको सहकार्यमा आयोजना सञ्चालन गरी एक हजार धारा निःशुल्क जडान गर्ने लक्ष राखेका छौं,’ नगरप्रमुख चौधरीले भने, ‘अघिल्लो वर्षमा नगरको तर्फबाट यहाँका दलित तथा विपन्न समुदायलाई धारा जडानमा आर्थिक सहयोग पनि गरेका छौँ। विस्तारै सबै वडामा खानेपानी पुर्‍याउने लक्ष्य लिएका छौं।

हाल वडा नं. १३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको उनले जानकारी दिए। लहान नगरमा लालपूर्जा नभएका सुकुम्बासीहरू बढी दलित समुदायका छन्। नगरप्रमुख चौधरीका अनुसार अघिल्लो आ.व.मा उनीहरूलाई सहुलियतमा धारा जडान गरिएको थियो।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा पाँच हजार एक सय ४९ धारा जडान भएका छन्। लहान नगरपालिकामा २४ वटा वडा छन्। जसमध्ये १ देखि १० सम्ममा एक सय सात किलोमिटर पाइप जडान गरी धारा जडान गरिएका छन्। वडा नं. २४ मा पछिल्लो सेवा विस्तार गरिएको छ।

खानेपानी सम्बन्धी काम गरिरहेको विकन परियोजनालाई खानेपानी मन्त्रालय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेको छ। यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यसहित कार्य भइरहेको नगरप्रमुख चौधरीको भनाइ छ।

यस विकन परियोजनालाई खानेपानी मन्त्रनलय र खानेपानी संस्थानले पनि सहयोग गरिरहेकाे छ । यस परियोजना मार्फत सन् २०३० सम्ममा लहानका सबै घरमा शुद्ध खानेपानी पुगाउने कार्य भईरहेकाे छ । काठमाडौंमा अहिले यसमा आबद्ध अन्तर्राष्ट्रिय प्रतिनिधिहरुकाे उपस्थितिमा छलफल भईरहेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहाको गोलबजारमा दल ...

लहान, २ चैत्र। दलित समुदायमाथि बढ्दै गएको हिंसा तथा विभेदको विरोधमा सिरहाको गोलबजारमा र्‍याली तथ ...

लहान प्रादेशिक अस्पत ...

रहमुल लहान, २ चैत। सिरहा जिल्लाको लहान नगरपालिका ३ स्थित रहेको रामकुमार शारडा उमा प्रसाद मुरारका प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१