Siraha Times
ताजा समाचार

दोस्रो जनकपुरको रूपमा विकसित हुदै इटहर्बा विवाह पंचमी मेला महोत्सव

  • मंसिर २४, २०८१
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ मंसिर सिरहाको ससुगनन्कारकट्टी गाउँपालिका-५ इटहर्वा विवाह पन्चमी मेला महोत्स‌व दोस्रो जनकपुरको रूपमा विकसित भैरहेको सन्युक्त रुपमा गा. पा. अध्यक्ष केदारनाथ यादव र सप्तरीको बलान बिहुल गा.पा.अध्यक्ष खेमचन्द्र यादवले वताएका छन भने यस महोत्सव लाई सामुहिक रुपमा सहयोग गरी अझ व्यवस्थित गर्ने दुबै गा.पा. अध्यक्षले आ-आफना मन्तव्यमा वताए‌का छन।

गत २१ मंसिरमा विवाह पंचमी मेला महोत्सव २०८१को अवसरमा ठुलो कार्यक्रमको आयोजना गरिएको थियो। वाडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वाडा अध्यक्ष विशेश्वर यादवको अध्यक्षता, भु.पु.मधेश प्रदेश सदस्य माननीय अशोक यादवको प्रमुख अतिथितिको भुमिका रहेको थियो भने विशिष्ट अतिथिहरु सखुवा नक्कारकट्टी गा.पा. अध्यक्ष केदारनाथ यादव र सप्तरीको बनान निहुल गा.पा.अध्यक्ष खेमचन्द्र यादव लगायत अन्य गन्यमान्य व्यकिहरूको वाक्लो उपस्थिति रहनु‌को साथै लाखौ दशार्थीहरुको वाक‌लो उपस्थिति समेत रहेको थियो । 

शिक्षक शत्रुधन प्रसाद ‌यादवको उद‌घोषमा संचालित यस बर्षको कार्यक्रममा सप्तरीको वलान विहुल गा. पा. अध्यक्ष खेमचन्द्र‌ यादवको नेतृत्वमा हजारौंको संख्यामा बाजागाजा सहित जन्ती आए‌का थिए भने सखुवानन्कारकट्टी गा.पा.अध्यक्ष केदारनाथ यादवको नेतृत्वमा हजारौको संख्यामा उक्त जन्तीलाई बाजागाजा सहित स्वागत गरिए‌को थियो। यो मेला महोत्सव कहिले देखि भैरहेको छ आज सम्म पत्ता लागेको छैन तर यस बर्ष यो मेला यसपालि फरक ढंगले आयोजना भए‌को थियो ।

विवाह पन्चमी मेलाको खास विशेष्ता भनेको रामजानकी बिबाह हो। यस कार्यक्रममा सप्तरीको बलान बिहुल गा.पा.को मलहनियाँ बाट जन्ती(बराती) आउने गर्छ भने इटहर्बा वासीले जन्तीको आदर सतकार गरी विवाह सम्पन हुने गर्छ। केहि दिन देखि बैलगाड़ा प्रतियोगिता र घोडा दौड़ प्रतियोगिता, विभिन्न किसिमका झान्खीले मेला झनै रमाइलो हुने गरेको छ भने मेला भर्न सिरहा, सप्तरी , उद‌‌यपुर‌ लगायत भारत विहारको अत्यधिक भिड लाग्ने गरे‌को एक दिने मेला हो छ। 

May be an image of 4 people and temple

मंचिङ कार्यक्रममा सन्युक्त रुपमा बोल्दै दुबै गा.पा. अध्यक्षहरुले यो इटहर्वा विवाह पन्चमी महोत्सवलाई अझ व्यवस्थीत गर्न अगामी बर्ष देखि ३ दिवसिय कार्यक्रम हुने बताए‌का छन जस्‌मा पहिलो दिन मटकोर दोस्रो दिन विवाह र अन्तिम दिन विदाई कार्यक्रम हुने वताउदै गा.पा. अध्यक्ष केदारनाथ याद‌वले यस मेला क्षेत्र भित्र धेरै भौतिक संरचना मेरो नेतृत्वको स्थानीय सरकारने गरिसकेका छन भने बाँकीको काम आउदो केही दिनमा सम्पन्न गरी यो विवाह पंचमी महोत्सव विश्वजगतमा चिनाउने वातावर‌ण बनिरहेको समेत बताए‌का छन ।

May be an image of 3 people and violin

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका–१ बालश ...

लहान , जेठ १७ । खडक नगरपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ। बालअधिका ...

चौदण्डी भगवती शक्तिप ...

रहमुल, सिरहा, १६ जेठ । सिरहाको सुखीपुर नगरपालिका–५, लड्कनहास्थित ऐतिहासिक तथा धार्मिक महत्व बो ...

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१