Siraha Times
ताजा समाचार

FAO संस्था द्वारा गहुँ र मसुरोको बिउ वितरण गर्दै सखुवानन्कार‌कट्टीमा

  • मंसिर २४, २०८१
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ मंसिर FA0 नामक गैरसरकारी संस्था द्वारा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वार्ड नं. २, ३ र ४ वडाहरुका २९वटा कृषक समुहका जम्मा ८७० जना किसानहरुलाई उन्नत जातका गहुँ र मसुरी विउको रुपमा उत्पादन राम्रो गराउनको लागी वितरण कार्यको थालनी गरेको छ। 

UN को Rwee कार्यक्रम अन्तर यस पालिकाको ग्रामिण भेगमा वसोवास गरेका निम्न स्तर भएका किसानह‌रू‌लाई समुह‌गत हिसावले सिजन अनुसारको विउ विजन, मलखाध लगायत बिषादी समेत विगत ३ बर्ष देखी विवरण गर्दै आइरहेका छन। र यसलाई निरन्तरता यस वर्ष पनि स्थानीय सरकारको मेहनतले यो कार्यक्रम संचालनमा रहेको संस्था प्रतिनिले जनाएका छन।

संचारकर्मिको जिज्ञासामा गा.पा. अध्यक्ष केदारनाथ यादब र उपाध्यक्ष निलम यादवले यस पालिकामा किसानै किसानले भरिएको क्षेत्र हो र निम्न स्तरको किसान ग्रामिण क्षेत्रमा बसोबास गरिरहेकोले उनीहरू‌को जिवन स्तर माथी उकास्न र नागरिकलाई खाध संकट वाट जोगाउन किसान वर्गिकरण कार्ड वितरण गरी पालिका भरिमा जम्मा ८७० जना किसानलाई यस कार्यक्रममा समावेस गराईए‌को बताएका छन । 

अर्को प्रसङ्गमा गा.पा.अध्यक्ष यादवले किसानको उन्नति प्रगति स्थानीय सरकारको विकास हो भन्दै यस्तै सेवा सुविधा हरेक किसानले पाउन भने मेरो नेतृत्वको स्थानीय सरकार अगाडी बढि रहेको समेत बताएका छन। यस कार्यक्रम मार्फत हाल यस संग सम्बन्धित किसानको उत्पादन बढेको देखिएकोले कृषि क्षेत्रमा अब कृषिक्रान्ति स्थानीय सरकारले शुरु गर्नुपर्ने आवश्यक समेत देखिएको छ।

May be an image of 11 people

May be an image of 8 people and text

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१