ताजा समाचार

दिदीको घर हिँडेका मिथिलेश चार महिनादेखि बेपत्ता

  • चैत २२, २०७४
  • ८२८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २२ । विगत चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् । राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइए पनि हालसम्म खोजी गर्न नसकेको पारिवारिकले गुनासो गरेका छन् । मंसिर महिना विवाह पञ्चमीका दिन स्कूलमा बिदा भएपछि राजविराज नगरपालिका–१ डुम्बरिशिवथान दिदी कहाँ जान्छु भने हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए । बेपत्ता यादवको अझै पता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤