Siraha Times
ताजा समाचार

खड्क न.पा.मा अख्तियार द्वारा सचेतना कार्यक्रम सम्पन्न

  • मंसिर १८, २०८१
  • ७४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १८ मंसिर । सप्तरीको खडक नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले हिजो भ्रष्टाचार न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काको नेतृत्वमा खड्क नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हाम्रा सहकर्मी रासिन्द्र यादवले जनाएका छन।

कार्यक्रममा खड्क नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झा,सूचना अधिकारी मनोज कुमार साह, वडा न. १देखि ११ न.का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत सम्पुर्ण शाखाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी कुसहाका इन्स्पेक्टर, बरख गनका प्रमुख, नेपाल प्रहरी कल्याणपुरको इन्चार्ज , खड्क नगरपालिका भित्र रहेका ४१ वटा विद्यालयका प्र.अ.हरुको उपस्थिति रहेको प्रशासन शाखा प्रमुख रामाकान्त चौधरीले जनाएका हुन।

हाल देशको अवस्था हेर्दा जताततै हरेक क्षेत्रमा भ्रष्टाचार फैलिएको ब्यापक हल्ला छ जुन कसै संग लुकेको छैन। सम्बन्धित निकायले यसलाई नियन्त्रण गर्न अनेक उपायका साथ अगाडी बढिरहेको क्रममा यो सचेतना कार्यक्रम संचालन हरेक पालिकामा गरिरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१