अपाङगता बालबालिकाको लागि घरमै विद्यालय

  • मंसिर १७, २०८१
  • ५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अस्विर सारु सप्तरी मंसिर १७ । बाँसले बेरेको एकतले घरको पिँडीमा बोरा बिछ्याइएको छ । विछ्र्याएको बोरा माथि सहजकर्ताले निर्माण गरेको अक्षर र अङ्क पत्ती, सिसा, कलर गरिएका ढुँगाहरु, मारकर, सिसा कलम र कापी राखिएको छ । घरकोे भित्तामा कार्डमा लेखिएको कक्षा सञ्चालन दैनिक कार्य तालिका टाँसिएको छ । सोही कार्य तालिका अनुसार पढाइ चलिरहेको छ । यो दृश्य हो छिन्नमस्ता गाउँपालिका वडा नंं १ बरहीविरपुरमा अवस्थित सुरजको घरको हो । अक्सर बिना काम खाली समय कटाउँदै आएका १३ वर्षीय सुरजको दैनिकी अचेल बदलिएको छ । मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका सुरज बिहान १० बजे देखि २ बजे सम्म सञ्चालन हुने घरमै विद्यालय कक्षा सञ्चालन हुन थालेपछि उनको दैनिकी फेरिएको हो । उनी अचेल आफ्नै घरको पिडीमा बसेर सहजकर्ताको सहयोगमा सिकाइ क्रियाकलाप गरिरहेको भेटिन्छ । 

Open photo

कक्षा सञ्चालन अघि सुरजले देखाउने अस्वभाविक व्यवहारले उनका अभिभावकहरु खिन्न थिए । कुनै कुरामा ध्यान दिन नसक्ने, स्थिर भएर नबस्ने, आवेगमा उसको सामु जे छ फ्याकि दिने जस्ता अस्वभाविक व्यवहार थियो उनको । यस्तो व्यवहारका कारण उनलाई विद्यालय पढाउन पठाउन नसकिएको उनको परिवारले जनाएको थियो । तर अहिले भने उनको व्यवहारमा सुधारका संकेत देखिन थालेको उनकी आमा सूर्य कुमारी कर्णले बताउनु भएको छ । “अहिले हाम्रो कुरा सुन्छ, निर्देशन मान्छ, ऊ आफै शौच जाने, नुहाउने र ब्रस गर्ने गर्छन,” आमा सूर्य कुमारीले सुनाउनु भयो । “नेपाली बर्णमालाका केही अक्षर चिन्न सक्ने भएको छ । ऊ अब आफै आत्मनिर्भर बन्न सकोस” सूर्य कुमारीले छोराको अविश्य माथि आसा पलाएको आशय व्यक्त गर्नु भयो । ५ वर्ष पहिले कमाउन भनेर भारत गएका सुरजका बुबा हाल सम्म सम्पर्कमा आएका छैनन् । उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ ।

Open photo

तिलाठी कोइलाडी वडां नं.७ मन्सापुरकी ४ वर्षीय समिक्षाले पनि घरमै विद्यालय कक्षा लिइरहेकी छिन् । नजिकैको बालबिकास केन्द्रमा भर्ना भएकी समिक्षाले घरमै सिकाइ क्रियाकलापको अवसर पाएपछि आमा सुसिला साहको आशा जागेको छ । शारीरिक अपाङगता भएकी समिक्षाले के नै गर्न सक्लिन् र भन्ने लागेको आमालाई छोरीको सेसनपछि सुधारको लक्षण देखिएको छ । आमा सुसिलाका अनुसार कक्षा सञ्चालन भएको एक महिना मै भलाकुसारी गर्ने, कलम समाउन सक्ने भएकी छिन् । समिक्षालाई आधारभूत सिप सिकाइलाई प्राथमिकतामा राखेर क्रियाकलाप गर्दै आएको सहजकर्ता प्रतिभा मण्डलले बताउनु भयो । सहजकर्ताका अनुसार सुसिलामा हिड्न नसक्ने समस्या भए पनि दैनिक हातका औँला, हात चलाउने, ठूलालाई नमस्कार, वाईवाई गर्नै जस्ता अभ्यास गराउँदै आएको छ । ह्विल चियरको प्रयोगलाई अभ्यास गर्नका लागि गाउँपालिका तथा संस्थाहरुसँग समन्वय गरिएको सहजकर्ता मण्डलले जनाकारी गराउनु भयो ।

Open photo

बालबालिकाको अनिवार्य तथा निशुल्क आधारभूत शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि घरमै विद्यालय कार्यक्रम शुरु गरेको छिन्नमस्त गाउँपालिकाले जनाएको छ । छिन्नमस्त गाउँपालिकाका शिक्षा संयोजक सन्तोष रायका अनुसार विद्यालय शिक्षाको पहुँच बाहिर रहेका अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम नै घरमै विद्यालय कार्यक्रम हो । यो कार्यक्रमले एक जना अपाङ्गता भएका बालक÷बालिकालाई एक जना स्वयंसेवक शिक्षकको व्यवस्वस्था गरिएको छ । 

अपाङ्गताका कारण विद्यालयमा उपस्थित भई नियमित शिक्षण क्रियाकलापको अवसरबाट बञ्चित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको हो । “नजिकको विद्यालयमा भर्ना भई उक्त विद्यालयको नीति, नियम र सहयोगमा घरमै विद्यालय कक्षा सञ्चालन गरिन्छ” शिक्षा संयोजक सन्तोष रायले भन्नु भयो, “विद्यार्थी विद्यालय होइन कि, स्वयंसेवक शिक्षक विद्यार्थीकै घरमा गएर शिक्षण गर्ने व्यवस्था गरिएको छ ।”

छिन्नमस्त र तिलाठी कोलाडी गाउँपालिका भित्रका विद्यालय पहुँच बाहिररहेका ७ जना अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय कार्यक्रम शुरु गरेको कार्यक्रम सञ्चालन गर्न सहयोग गरिरहेको गैरसरकारी संस्था सेद द सप्तरीले जनाएको छ । सेद द सप्तरीका परियोजना संयोजक अनिल यादवका अनुसार संस्थाको सहयोगमा गाउँपालिकाले अपाङ्गता परीक्षण शिबिर सञ्चालन गरेको थियो । सेभ द सप्तरीका अनिल यादवका अनुसार अपाङगता परीक्षणमा संलग्न चिकित्सकको सिफारिस अनुसार कक्षा सञ्चालनका लागि बालबालिकाको छनौट गरिएको छ । 

घरमै विद्यालय कक्षाका सहजकर्ता रुबी कर्णका अनुसार गाउँपालिका र सेभ द सप्तरीले सञ्चालन गरेको ५ दिने तालिम पाएपछि कक्षा शुरु गरिएको हो । घरमै विद्यालय कक्षामा सहभागी अपाङ्गता बालबालिका विभिन्न प्रकृतिका छन् । उनीहरुको सिकाइ आवश्यकता पनि फरक फरक छन् । अपाङ्गता परीक्षणमा संलग्न ट्रियो रिसर्च डेभलब्मेन्टका चिकित्स अधिकृत मनिस रेग्मीले फिजियो थेरापी र स्पिच थेरापीको लागि सिफासिरस गरिएको छ । चिकित्सको सल्लाहलाई अधिकतम कार्यानवयनमा जोड दिइको स्वयसेवक शिक्षकहरुले बताएका छन् । अपाङ्गता भएका बालबालिकाको सर्वोत्तम हितका लागि चिकित्सको सिफारिस तथा सल्लाह अनुसारका क्रियाकलापहरु सञ्चालनका लागि सहजकर्ताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवहारमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

नेपालको संविधान २०७२ धारा ३१ उपधारा ४ मा दृष्टिविहिन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्धन्धी अपाङ्गता भएका नगरिकलाई सकेतिक भाषाको माध्यमबाट कानुनबमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने उल्लेख छ । यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गता भएका विद्यार्थीहरुको लागि निशुल्क शिक्षा, छात्रवृत्ति, आर्थिक सहयोग, सहितको गुणस्तरीय शिक्षाको पहुँचको व्यवस्था गरेको छ । तर हामो वास्ताविकता अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता मैत्री बनिसकेको छैन । भौतिक संरचना, कक्षाकोठा व्यवस्थापन, शिक्षण विधि तथा रणनीति अपाङगता मैत्री बनाउँदै लैजानु पर्छ । उनीहरुको आवशयकता पुरा हुने गरी छनौट तथा कार्यान्वयनलाई प्राथमिकता दिदै विद्यामान ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकाय उत्तरदायि हुनु जरुरी छ । अपाङ्गता भएका व्यक्तिहरुले दया माया र करुणाले नभई स्वतन्त्र रुपमा नागरिक हकको रुपमा उपभोग गर्ने वातावरणको सृजना गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

समाजवादी प्रेस संगठन ...

रंजित चौरसिया,वीरगंज ७ माघ। समाजवादी प्रेस संगठन नेपालको आईतवार बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकल ...

तरेगना गोविन्दपुर खा ...

लहान माघ ७ । वर्षौदेखि खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए । त्यो समा ...

नेकपा एकीकृत समाजवाद ...

नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार पार्टी केन्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१