Siraha Times
ताजा समाचार

श्री राजाजी जनता मा. वि. ६६ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

  • मंसिर १४, २०८१
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १४ मंसिर सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ काचनमा रहेको श्री राजाजी जनता माध्यमिक विद्यालय काचनको ६६ औं बार्षिकउत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपुर्ण पाठ भएको बताउनु भएको हाम्रा सह्कर्मी उमेश कुमार साहले बताएका छन।

संचारकर्मी साहका अनुसार शैक्षिक सुधारका लागि नगरपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख यादवले बताए । काचन गाउँमा रहेको यो बिधालयले विधार्थी गाउँमा लगेर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादवले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई नगरपालिकाकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो। कार्यक्रमका बिशिस्ट अतिथी प्राज्ञ नेपाल प्रतिस्ठानका सदस्य डा .सुर्य नारायण यादव , नगर शिक्षा अधिकृत राम सागर यादव , वडा अध्यक्ष बैधनाथ चौधरी , लगायतको उपस्थिति रहेको थियो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई विद्यालयका शिक्षक राम चलित्र चौधरीले उध्घोसक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१