Siraha Times
ताजा समाचार

सिरहामा ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइयो

  • मंसिर १०, २०८१
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास मङिर १० , लाहान सिरहा हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता भन्ने मुल नाराका साथ आज देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियान विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मुक्ति नेपालले सिरहा जिल्लाको सिरहा, लाहान, कल्यानपुर नगरपालिका मा आफ्नो कार्यक्रमहरु राखेको थियो । 

IMG-20241125-WA0002 सिरहा नगरपालिकामा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम का साथै मुक्ति नेपालका टीम द्वारा बाल विवाह विरुद्धको सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य श्री आशा साह, राष्टिय महिला मानव अधिकार रक्षक संजाल की अध्यक्ष श्याम कुमारी साह, सिरहा नगर प्रमुख नविन कुमार यादव, प्रमुख जिला अधिकारी सिरहा र विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा सम्मपन्न भएको छ । 

IMG-20241125-WA0006 कार्यक्रमको अध्यक्षतागर्नु हुने सिरहा नगरपालिकाको प्रमुख श्री नविन कुमार यादवले लैंगिक हिंसा रोकथामका लागि घर घरमा महिलाको सोचमा परिवर्तन गर्नुपर्ने छ । अहिलेको अवस्थामा शिक्षामा कमी भएको कारण तथा बेरोजगारीका कारण हिंसा कार्य बढेको छ । कानूनको भन्दा हिंसा रोकथामका लागि महिला ठिक हुनु पर्छ । त्यस्तै मुक्ति नेपाल की अध्यक्ष देव कुमारी महराले महिला माथि हुने सबै प्रकारका हिंसालाई अन्त्य गर्नका लागि सबै तहका सरकार सक्रिय हुनुपर्छ । स्थानीय सरकार देखि प्रदेश सरकार सम्मका सबैले हातमाहात मिलाएर कार्यगर्नु पर्ने अवस्था छ । हामी यति कार्य गर्दा पनि महिला हिंसा कम भएको छैन । बढदो लैंगिक हिंसा नियन्त्रण गर्न सबैको सोच तथा व्यवहारमा परिवर्तन गर्नुपर्छ । कानून बनेको छ तर कानूनी कार्यन्वय भएका्े छैन यसलाई निरन्तरका लागि व्यापक जनचेतनाको अभिवृद्धि गर्नु जरुरी देखिन्छ । स्थानीय सरकारले विकास निर्माणका साथै हिंसा विरुद्धको जनचेतनामूलक कार्य गर्नु जरुरी देखिन्छ । हिंसका कार्यहरु रोकाथामका लागि सबैले सचेत हुनु जरुरी छ भन्नु भएको थियो भने , प्रमूख जिल्ला अधिकारीले लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरबाटै सचेत हुनू पर्दछ । साथै देश व्यापी लैंगिक हिंसा रोकथामको लागि स्थानीय स्तरबाट गाउ गाउमा सचेतनाका कार्यक्रम संचालन गरी जानकार बनाउनु जरुरी रहेको बताउनु भयो । 

IMG-20241125-WA0004 त्यस्तै लाहान नगरपालिकामा लहानका नगर उपप्रमुख राम चरित्र महतोको अध्यक्षता पशुपति आदर्श मा.वि. देखि सुरु भएको र्‍याली, प्रादेशिक अस्पताल को प्रांगनमा गई कोण सभा गरीएको थियो । कार्यक्रममा लाहानका प्रमुख प्रशासकिय अधिकृत जय कान्त झा, प्रादेशिक अस्पताल लाहानका मे सु र विभिन्न संघ संस्था को प्रतिनिधि हरुको आयोजनामा हिंसा प्रभावित हरु का साथै अस्पताल मा रहेको ६० भन्दा बढी बिरामी हरु लाई फलफूल वितरण गरी महिला हिँसा विरुद्धको १६ दिने अभियान को सुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

संविधान दिवस मनाउन स ...

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला ...

खडकमा सर्पदंश उपचार ...

ओम प्रकाश यादव असोज १ । सर्प तथा बिच्छीको टोकाइबाट प्रभावित हजारौँ बिरामीले उपचार सेवा पाउँदै आएको ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१