ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणमा जनतासंग जसपा नेपालको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठक सिरहा जिल्ला भरिका जसपा पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता सहित सखुवानन्कारकट्टी ४ का जनता बीच भएको भेलामा अध्यक्षता इकाई अध्यक्ष योगेन्द्र झाको थियो भने प्रमुख अतिथीमा पार्टी केन्द्रिय कार्यकारिणी सदस्य एवम मधेस प्रदेश सभा सदस्य माननीय राज कुमार गुप्ता (राजु) बिशिस्ट अतिथी ,राम चलितर महतो,ललिता बिद्रोही,युवा नेता दिपेस यादव ,इकाइ कमिटीका सदस्य रमेश कुमार यादव, भु.पु गा.पा. अध्यक्ष बेचन यादव , जिसस सभापति दिनेश महतो, जिल्ला उपाध्यक्ष राकेश रोसन गुप्ता रहेको थियो भने कार्यक्रमलाई आफ्ना मधुर अवाजले लोभ्याएको सिरहाटाइम्स सम्बाददाता रहमुलले उदघोष गरेका थिए।
कार्यक्रम राष्ट्रगान बजाएर उदघाटन भएका थिए भने स्वागत मन्तव्य त्यहीँ वडाका निर्वाचित वाडाअध्यक्ष रमेश कुमार यादवले गरेका थिए जसमा यादवले यस गाउँपालिकामा हामीलाई काखा पाखा गरेको कुरा सर्व बिदितै छ त्यसको कारण एउटा मात्र छ कि हामीले अध्यक्ष उपाध्यक्ष जितेको छैन त्यसकारण अब आउने २०८४ को चुनावमा एक वडामा मात्र नभइ पुरै प्यानल नै जिताउनु पर्छ अनि मात्र हाम्रो समस्या समाधान हुन्छ भनि आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रमको उदघाटन पानसमा दियो बालेर भएको थियो भने बीच बीचमा सान्स्कृतिक प्रस्तुतीको समेत आयोजक द्वारा प्रस्तुत गरिएको थियो। उदघोषकमा रहमुल राइनले बेजोर भुमिकाका साथ कार्यक्रमा सहभागी सम्पूर्णलाई मधुमोह बनाई कार्यक्रमलाई अगाडी बढाइ रहेका सुखद शुरूवात भएको देखिन्छ।
जसपा नेपाल सखुवानन्कारकट्टीकै युवा नेता राम कुमार यादवले आफ्ना धार्ना राख्दै भनेका थिए हाम्रो गाउँघरमा पापीहरुको राजनीतिले गर्दा हामीले दुख भोग्नु परेका छन् जसको उदाहरण यस गाउँका किसानहरुले खेतमा सिचाईका लागि पानी मोटरको बिजुली त् छ तर भोल्टेजनै नआउनुको कारण नै हुन एमाले काङ्ग्रेस सैयो वर्षसम्म हामिले यिनिहरुलाइ जिताइरह्यो भने हाम्रो भलाइ कहिले पनि हुन्छ भने नचिताएनि हुन्छ यस्ता यस्ता पार्टीमा लागेर जाने भ्रममा नपर्नु जे गर्छ जसपा नेपालले नै गर्छ भन्दै आफ्ना अवाज बुलन्द पारेका थिए।
भोट लिने बेलामा गरिब हुने र भोट पाईसकेपछी धनी हुने जनता के गर्छ के गर्दैन कसरि बाँचिरहेछ के गर्दै छन् त्यति समेतको कुरा बुझ्न नसक्ने पार्टीमा जानु के नै अस्तित्व हुन्छ हाम्रो जसपा पार्टीका स्रधीय अध्यक्ष उपेन्द्र यादव नभएको भए आज हाम्रो समाजका कुनै पनि महिला आज जुन काधमा काध मिलाएर आखामा आखामा जुधाएर उधिन्छ त्यो कहिले पनि हुन्थिएन् त्यति मात्र होइन उदाहरणकै लागि भनौ भने ६० वर्ष सम्म हुलाकी सडक किन बनेको थिएन के त्यति बेला अरु पार्टीका नेताहरु थिएन किन गरेन र जब केन्द्रमा माननीय उपेन्द्र यादव आए पश्च्यात केहि महिना मै हुलाकी सडक कसरी बन्यो त्यस्तै अहिले जुन अवस्था छ मधेशमा आज कुनै पनि मधेशी नेपाली सेनामा समावेस नहुनुको कारण नै यी एमाले कांग्रेसका नेता कार्यकर्ताहरु हुन भन्दै भू.पू. अध्यक्ष बेचन यादव आफ्ना मन्तव्य दिएका थिए ।
आज यस क्षेत्रबाट दुई ओटा सान्सदमा हुनुहुन्छ र उहाहरुको दायित्व हो कि जनतालाई कसरी रिझाउने अहिलेको समय युवाहरुको समय हो यति बेला युवाहरुलाइ प्रोत्साहन गर्नु पर्छ गा.पा अध्यक्ष सते लाल यादवले भनेका थिए। उहाँ अगाडी थप्दै कुनै एउटा समय थियो कि नेता भने बित्तिकै जनता हुरुक्कै हुन्थियो अहिलेको समयमा जनता आफै बिबेकशिल भएका छन् त्यसैले युवाहरुलाई उजागर तथा प्रोत्साहन दिनु पर्ने आबश्यक रहेको समेत बताएका थिए।
युवा बिद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष एवम मधेस प्रदेश अध्यक्ष दिपेश यादवले सखुवा ४ गोरहा खेत हो भनेका छन भने सम्पुर्ण भातृय संगठन मजबुत पारेर जनचाहना मुताबिक पार्टी अगाडी बढे स्थानीय सरकारमा प्यानल सहित जित्ने दावी आफ्नो मन्तव्यमा राखेका थिए। र यसका लागी अगुवा नेताकार्यकर्ताले संघर्ष गर्न जरुरी रहेको समेत बताएका हुन।
महिला पनि मानव हो अधिकार सबैले बराबर पाउनु पर्छ भन्दै माननीय सन्जीला यादवले आज जसपा कै कारण महिला शक्ति निकायको सबै अंगमा सजिलै पुगेको र आउदो केहि दिनमा यहि महिलाहरूको मेहेनत द्वारा देश बिकास हुने बिचार जन्ता सामु राखेकी थिइन। प्रमुख अतिथिको रुपमा बोल्दै माननीय राजकुमार गुप्ताले सब भन्दा बढि मत प्राप्त हुने वाडा यी नै हुन जहाँ आज म प्रमुख अतिथि भएर जन्ता सामु उभिएको छु खुशी लाग्छ बताउदै संगठन निर्माण गर्न नेताकार्यकर्ता इमन्दारी पुर्बक लगनका साथ परिचालन भए ८४ को चुनावका लागी निकै सहज हुने ४ न. को भेलाले देखाएको बताएका थिए।
अर्को प्रसङ्गमा नेता गुप्ता म त आज यस कार्यक्रम मार्फत भन्न चाहन्छु जनताको माग के हो? हामीलाई दिनुस, जन्ताले हामीलाई गाउँ टोल बस्तीमा बोलाएर आफ्ना समस्या गुनासा हामीलाई भन्नुहोस सामाधान हामी खोजी गर्छौ बताएका छन। दुई बर्ष भित्र पालिकाको पाँचौ वाडामा प्रदेश सरकारले गरेको कामको मुल्यांकन जन्ता स्वमले गरुन बताउदै नेता गुप्ता वास्तवमा जसपा नेपाल जन्ता पक्षमा अधिकार सम्बन्धि के के गरेको छ त? बिधान मुताविक पार्टी अगाडी बढि रहेको छ की छैन यी सबै कुरा जन्ताले हेर्नु पर्ने जरुरी रहेको बताएका थिए। मधेसी, दलित, जनजाती लगायत अन्यका लागी अधिकारमा अझै त्रुटि रहेकोले यस लागी पार्टी लागिरहेको समेत बताएका थिए। चुनावको समयमा जन्ता संग गरेको बाचा बलान नदि नियन्त्रण सम्बन्धमा गत बर्ष १ करोडको बजेटको काम भैसकेको र केहि दिनमै तटबन्धको काम पुरा गराउन आफु लागी परेको बताउदै नेता गुप्ता जन्ता जति खेर पनि मोबाईल मार्फत या भेटेर आफ्ना समस्या राख्न आग्रह समेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
लहानमा ‘घर–घरको शान, स्वच्छता अभियान’ तीव्र, भूमिहीन र विपन्न परिवारका लागि शौचालय निर्माण अझै चुनौती
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved