जनताको समस्या सुन्न मेयर चौधरी प्रत्येक टोल टोलमा

  • कार्तिक २५, २०८१
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान २५, कार्तिक । लहान नगरपालिकाका मेयर घरदैलो कार्यक्रम सुरु गरेको छ । २४ वटै वडाको हरेक टोलमा नगरवासीको प्रत्यक्षरुपमा समस्या बुझन उक्त कार्यक्रम संचालन गरेको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए । उनले भने,’लहान नगरपालिकाको क्षेत्रफल ठुलो छ । यहाँ करिब २ सय टोल छन् । हामी पालैपालो सबैटोलको घरदैलोमा पुगेर शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका वर्तमान समस्या बुझन जनतासंग मेयर कार्यक्रमको सुरुवात गरेका छौं ।’ त्यसैगरी नगर प्रमुख चौधरीले स्थलगत रुपमा जनताको समस्या बुझन आज लहान नगरपालिका वडा नं. १६ का विभिन्न टोलहरु पुगेका छन् । यस क्रममा स्थानीयबासीले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवा लगायतका विभिन्न समस्याहरु मेयर सामु राखेका छन् । विशेष गरेर सडक र खानेपानीको अवस्था सुधार गर्न स्थानीयले जोड दिएका छन् ।

जनतासंग मेयर कार्यक्रमका प्रमुख उद्देश्यहरु :

– जनता र नगर सरकार बिचको समझदारी बढाउन ।

–जनताको सवैभन्दा नजिकको सरकारका रुपमा रहको स्थानियतहले जनताका आवश्यक्ता प्रभावकारी रुपमा संवोधन गर्न ।

–जनतासँग प्रत्यक्ष सरोकार रहने गरी उनीहरुको जिवनस्तरमा प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु मार्फत जनप्रतिनिधी र जनता बिच सुमधुर सम्बन्ध कायम गर्न ।

–नगरबासीहरुको आर्थिक तथा समाजिक सशक्तिकरणमा सघाउ पुर्याउन ।

–नगर सरकारको प्रत्यक्ष सेवा प्रवाहलाई सुद्रढिकरण गरी आम नागरिक प्रतिको उत्तरदायित्व विकास गर्न ।

–लक्षितवर्गको कार्यक्रम माग अनुसार सुमदायस्तरमा संचालन गर्न ।

–पुर्वाधार कार्यक्रम अन्तर्गत: खानेपानी, सिँचाई, बाटोघाटो, आयआर्जन कार्यक्रम अन्तर्गत : मौसमी बेमैसमी तरकारी खेती बाख्रापालन, फालफुल खेती लघु व्यवसाय,सिप विकास कार्यक्रम अन्तर्गत: फर्निचर निर्माण, हेयर कटिङ्ग, हाउस वाईरिङ्ग, होम कलरिङ्ग, पेन्टिङ्ग, डकर्मी, सिकर्मी, ब्यूटिशियन, लघु उद्योग संचालन तथा प्रविधी हस्तानान्त्रण आदी जस्ता क्रियाकलापहरु छनौट गरि समुदाय स्तरमा कार्यक्रम संचालन गर्न ।

–सामाजिक सशक्तिकरण, संस्थागत विकास, जनचेतना मूलक क्रियाकलाप, मानव संशाधन व्यवस्थापन, आपतकालीन राहत तथा उद्दार, विपद् जोखिम न्यूनिकरण ।

–स्थानीय सरकार प्रति जनताको अपनत्व सृजना गर्ने तथा स्वरोजगारका अवसर मार्फत जनताको जिवनस्तरमा सुधार ल्याउन ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१