रहमुल लहान २५ कार्तिक सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ को वाडाअध्यक्ष रमेश कुमार यादवको धानको भखारीमा साँझ करीब ७:३० बजे अचानक आगलागी हुँदा भखारीको अधिकान्स भाग र केहि धान सहित जलेर नस्ट भएका छन। स्थलगत रिपोर्टिङ मा घटनाको प्रवृत्ति हेर्दा तिन तिर पक्काको घर एक तिर पोखरी रहेको र चारै तिर चकमक बत्ति बलिरहेको अवस्थामा दरबाजामा कोइ पनि नरहेको अवस्थामा उक्त आगलागी घटना भएको हो।
घटना स्थलमा न त कतै आगो बालेको न त बिजुलीको तार नै शर्ट भएको देखिएको अवस्थामा उक्त आगलागी घटना कसरी भयो त? यो ठुलो रह्स्यको बिषय हो स्थानीयहरुले बताएका छन। आगलागी भएको भकारीको पुर्व पट्टी पेट्रोलको गन्ध आएको देखिएको छ भने दुई जना ब्यक्ति चप्पल पर्काएर तेज गतिमा दुई जना घटना स्थल बाट पश्चिम तिर भागेको वडाअध्यक्ष यादवको आमाले बताएकी छिन। आगलागी भएको समय अध्यक्ष यादव घर भित्र मोबाइल चलाएर बसिरहेको स्वम अध्यक्ष यादले बताएका छन।
वास्तवमा यो घटना कसरी घट्यो त? निकै रहस्यको बिषय रहेको स्थानीयले जनाएका छन। बिगत एक बर्ष अगाडी यस्तै आगलागी को घटना अध्यक्ष यादवको काका का छोरा शिक्षक शितल यादव को गाइबस्तु बाँधने घरमा घटेका थिए। अध्यक्ष यादव दोस्रो पटक वाडाअध्यक्षमा निर्बाचित भएका छन र यसको खोजिनि हुन जरुरी रहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved