भ्रष्टाचार विरुद्ध हंसपुर नगरपालिकामा चक्का जाम

  • जेठ ७, २०७६
  • ८१० पटक पढिएको
  • राजन सिंह
alt

जेठ ७ धनुषाको हंसपुर नगरपालिकाका वडा नं. २ बघचौडामा मंगलवार दुई घण्टा चक्का जाम गरिएको छ । नेपाली कांग्रेस हंसपुर नगरपालिका संयोजक जयनारायण कापरीको अगुवाईमा गरिएको सो चक्का जामका कारण सवारी आवागमन समेत प्रभावित भएको थियो । भ्रष्टाचार , अनियमितता , फिजुलखर्च , राजनीतिकरण , तथा विकास विरोधी एवं कार्य बाधक क्रियाक्लाप विरुद्ध चक्काजाम गरि प्रर्दशन गरिएको हंसपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी प्रदिप यादवले बताएका छन । नगरपालिकाले सडक निर्माणको नाउंमा घरहरु भत्काएपनि हालसम्म सडक निर्माण नहुंदा सवारी आवागमन प्रभावित हुनुका साथै नगरवासीलाई समेत आवत जावतमा समस्या हुने गरेको छ । नगरपालिकामा हुने खर्चहरुको विवरण सार्वजनिक गर्न समेत मांग गरिएको छ । विरोध प्रर्दशनमा नगर उपप्रमुखकी प्रत्यासी रामकुमारी कामत , गफुर नदाफ , कमलदेव यादव , मथुरा चौधरी , शिव कुमार मंडल सहितका सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१