ताजा समाचार

भ्रष्टाचार विरुद्ध हंसपुर नगरपालिकामा चक्का जाम

  • जेठ ७, २०७६
  • ८८५ पटक पढिएको
  • राजन सिंह
alt

जेठ ७ धनुषाको हंसपुर नगरपालिकाका वडा नं. २ बघचौडामा मंगलवार दुई घण्टा चक्का जाम गरिएको छ । नेपाली कांग्रेस हंसपुर नगरपालिका संयोजक जयनारायण कापरीको अगुवाईमा गरिएको सो चक्का जामका कारण सवारी आवागमन समेत प्रभावित भएको थियो । भ्रष्टाचार , अनियमितता , फिजुलखर्च , राजनीतिकरण , तथा विकास विरोधी एवं कार्य बाधक क्रियाक्लाप विरुद्ध चक्काजाम गरि प्रर्दशन गरिएको हंसपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी प्रदिप यादवले बताएका छन । नगरपालिकाले सडक निर्माणको नाउंमा घरहरु भत्काएपनि हालसम्म सडक निर्माण नहुंदा सवारी आवागमन प्रभावित हुनुका साथै नगरवासीलाई समेत आवत जावतमा समस्या हुने गरेको छ । नगरपालिकामा हुने खर्चहरुको विवरण सार्वजनिक गर्न समेत मांग गरिएको छ । विरोध प्रर्दशनमा नगर उपप्रमुखकी प्रत्यासी रामकुमारी कामत , गफुर नदाफ , कमलदेव यादव , मथुरा चौधरी , शिव कुमार मंडल सहितका सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤