Siraha Times
ताजा समाचार

सिरहाको गोलबजारमा नगर स्तरिय किशोरी संजाल गठन

  • कार्तिक १४, २०८१
  • ११४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान १४ कार्तिक । गोलबजार नगरपालिकाको सबै वडा बाट लगभग १०० भन्दा बढी किशोरीहरुको सहभागितामा नगर स्तरीय किशोरी भेलाको साथै  दीपावली , छठ पर्व को शुभकामना आदान प्रदान कार्यक्रम पश्चात २३ सदस्य नगर स्तरीय किशोरी संजाल गठन भएको छ । 

मुक्ति नेपाल गोलबजारद्वारा आयोजित नगर स्तरिय किशोरी भेला २०८१ तथा शुभकामना आदान प्रदान कार्यक्रममा बाल अधिकारको शुनिश्चित्तता, बालविवाह अन्त्यको निश्चित्तता भन्ने मूल नाराका साथ सम्पन्न गरेको छ । कार्यक्रममा गोलबजार नगरपालिकाकी उप-प्रमुख मानती साहले मुक्ति नेपालले यस्तो क्षेत्रमा काम गरेकै कारण आज यो किशोरीहरु अगाडी आउन पाईरहेको छ । मुक्ति नेपालले गरेरै आज बालिकाहरु एति अगाडि बढीरहेको छ । हामी नगरपालिकाको विभिन्न बैठकमा तपाई हरुको कुरा गरी रहन्छु र आगामी दीनमा पनि हामी साथ सहयोग गर्छौ । यहाहरुबाट सिकेर यो किशोरीहरुले देशको ,समाजको, साथै गोलबजारको पनि नाम रोशन गर्नु हुन्छ भनी विश्वास छ । त्यस्तै वडा नं. ४ का अध्यक्ष सकलदेव यादवले गोलबजार नगरपालिकाले गर्न नसकेको काम मुक्ति नेपालले गरी रहेको छ । जनचेतनाका कार्यक्रम हामी पनि राख्ने गर्छौं तर त्यति प्रभाावकारी हुदैन जति मुक्तिनेपालले गर्दा हुन्छ । बाल विवाहको सवालमा मुक्तिनेपालले गर्दा धेरै फरक आएको छ । 

त्यस्तै मुक्ति नेपाल की संस्थापक अध्यक्ष श्याम कु. साहले भने देशले २०३० सम्म बालविवाह मुक्त देश बनाउने भनी निति लिएको छ । र त्यस नितिलाई सम्बोधन गर्ने गरी गोलबजार नगरपालिकाले पनि निति बनाई अगाडी बढेको अवस्था छ यो देशको मात्रै नभई हामी तपाई जस्ता हरेक नागरीकको निति हो भनी लिएर अगाडी बढ्नु पर्ने हुन्छ यदी यसलाई हामी हाम्रो कुरा बुझेर लिएन भने यो पक्कै सम्भव छैन । त्यसलाई सम्बोधन गर्ने र सहयोग गर्ने काम हामी गरीरहेका छौं । 

प्रत्येक किशोरीले आफ्नो लक्ष्य प्रति सचेत हुनु आवश्यक छ र म मेरो बालविवाह प्रति सचेत हुन्छु , म मेरो शिक्षा प्रति सचेत रहने छु भनि प्रतिबद्ध हुनु जरुरी छ । कुनै पनि काम गर्दा जरा मै ध्यान दीएन भने  राम्रो हुन सक्दैन । त्यसैले जरा देखिनै काम गर्नु जरुरी छ । हरेक ठाउमा प्रतिसत्तात्मक सोचका कारण प्रजनन् स्वास्थ्यका सवाल लिएर हस्पिटल जादा केटीको क्यारेक्टर माथी नै सवाल उट्ने गरेको देखिन्छन् जो एकदमै नराम्रो हो । अहिले फुटबाल खेलेर केटिहरुलेनै नेपालको नाम उच्च बनाएको छ र धेरै चर्चामा पनि रहेको छ ।यो राष्ट्रको नाम किशोरीहरुले पनि उठाउन सक्छ भनी देखाउन देशको परिवर्तनको संवाहकको रुपमा तपाईहरुको अग्रनी भुमिका हुन्छ भनी आशा छ ।

कार्यक्रममा किशोरीहरुको सवालको विषयमा बोल्दै गोलबजार ९ डण्डाकी पुजा साहले भने, हाम्रो समाजमा सानै उमेरमा विवाह गरी पठाई दीने चलन छ । तीमी छोरी मान्छे हो, घर व्यवहार जान्नु पर्छ , घरको इज्जत राख्नु पर्छ । छोरीलाई थोरै पढाउने र छोरालाई धेरै पढाउनु हुन्छ बाहीर पनि पठाउछ तर छोरी लाई गावकै विद्यालयमा पनि राम्रो संग पढ्न दीदैन । यस्ता विभेदीत हानीकारक परम्परागत अभ्यास हरु हामे समान मा अझै पनि विद्यमान छ । जसले किशोरी हरुलाई पछाडी धकेली रहेको छ । घर सम्हाल्ने केटी मान्छे हुन्छ तर उनै अशिक्षित हुदा घर परिवार कसरी राम्रो हुन सक्छ र ? त्यसैले अभिभावकलाई पनी बुझाउनु जरुरी छ भनेकी थिइन् । 

त्यस्तै गोलबजार ४ की अनु नायकले हाम्रो समाजमा बालविवाहले धेरै विकृतिहरु बढाएको देखिन्छन् । के हामीलाई स्वतंत्र भई जिउने अधिकार छैन र ? पुजा आजा गरेर धेरै राम्रो र धनी श्रीमान् पाउछ भनिन्छ । तर बीना स्वास्थ्य, बीना शिक्षा को सम्भव छ र ? केटी मान्छे लाई घर भित्र थुनिएर राखिएको राम्रो होइन । त्यसै गरी आफु लगायत आफ्नो समुदायको पिडा सुनाउदै गोलबजार ४ की नैन राम भन्छीन् सबैले भन्छ दलितलाई छुट हुन्छ भनेर तर खोई त छुट मुक्ति नेपाल नभएको भए सायद म ११ पढ्न पाउदै न थिये अहिले अगाडी १२ पढ्न खोज्दा छ हजार नाम लेखाई नै मागि रहेको छ कहाँ बाट ल्याउने र कसरी पढ्ने त्यसैले शिक्षा लाई निः शुल्क गरी दीनु पर्छ ।

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले हामीले पटक पटक यस्ता अभियानमा लागिरहेकै छौं । न्युनिकरण एकै पटक हुदैन । विस्तारै हुन्छ हामी ले छोड्नु हुदैन यो बाटोमा हीडी रहनु पर्ने हुन्छ । बाल विवाह हाम्रो सिरहामा मात्रै नभई पुरै मधेशकै समस्या हो । जसले गर्दा सानै उमेरमा पाठेघर झर्ने समस्या , छोर िमात्रै जन्मायो भनी यातना दीने, गरेको पाउछौं । नि शुल्क शिक्षा का लागि स्थानिय जनप्रतिनिधि हरुको ध्यानाकर्षन होस् भनी आशा छ ।

त्यसै गरी समुहगत छलफलमा किशोरी हरुले विभिन्न विषयमा छलफल गरी समस्याको पहिचान र समाधानका उपायहरुबो छलफल गरी जिम्मेवारनिकायहरु संग सवाल गरेकी थिइन् । र त्यस्ता सवालहरु सम्बोधन गर्न गराउनको निम्ती संजाल गठन गरी त्यही संजाल मार्फत समस्या समाधानका लागि पहल गर्ने अठोट गरेकी किशोरी हरु बाट सर्व सम्मतिमा १३ औं वडाको प्रतिनिसधित्व हुने गरी गोलबजार वडा नं. ३ की सुश्मा साह, अध्यक्ष, सदस्यहरुमा शारदा कु. महतो, लिला गिरी, निशा शर्मा, अनु नायक, नैन राम, सन्तोसी सिंह,अस्मिता सिंह, सपना साह, कविता सदा, रमिता सदा, प्रियंका मण्डल, मनिका महरा, भुमिका यादव, आरती राय, सिया यादव, प्रनिता राण मगर, दिक्षा मगर, अस्मिता यादव, सपना कुमारी पासमान, लक्ष्मी ठाकुर, विविसा सिंह र अनुसा सिंह लगायत २३ सदस्य संजाल गठन भयो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

लहान–२० मा नवनिर्मित ...

ओम प्रकाश यादव लहान वैशाख १७ । सिरहाको लहान नगरपालिका–२० मा नवनिर्मित वडा कार्यालय भवन औपचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१