चाडपर्वको बेला अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित बनाएको आरोप : नगर अध्यक्ष साह

  • कार्तिक ११, २०८१
  • ५४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन । कर संकलनको लक्ष्य प्राप्त गर्नका लागि गरिएको बजार अनुगमनले स्थानीय ब्यापारीहरूलाई त्रसित बनाएको छ। बोदे बर्साईन नगर ब्यापार समितिको समन्वयमा शुक्रबार आयोजित एक अन्तरक्रिया तथा आपसी छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगर ब्यापार समिति बोदे बर्साईनका नगर अध्यक्ष देव नारायण साहले गर्नुभएकाे थियाे। उहाँले नगरले २०७४ सालमै निर्धारण गरिएको कर प्रणाली लागू गरिएको जानकारी गराउँदै करको दायरा भने बढाइएको तर दरमा वृद्धि नगरिएको बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सप्तरीका प्रतिनिधिहरूले अनुगमनका क्रममा निश्चित ब्यापारीहरूलाई लक्षित गरी गरिएको कारवाहीले व्यवसायीहरूलाई त्रसित बनाएको गुनासो गरे। संघका जिल्ला सदस्य सुरेन्द्र प्रसाद साहले भन्सार कार्यालय र प्रशासनको अनुगमन टोलीले ब्यापारीहरूलाई सुनुवाइ नगरी सटर बन्द गर्न बाध्य बनाएको बताउनु भयो । नगर ब्यापार समिति बोदे बर्साईनका सचिव अनिल प्रसाद सिंहले ब्यापारीहरूलाई तीन तहका सरकारले कर मागेर हैरान पारेको भन्दै अवैध सामान भित्र्याउनेहरूलाई रोक्न प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

सचिव सिंहले अनुगमन गर्दा स्थानीय ब्यापार समिति तथा सप्तरी वाणिज्य संघका प्रतिनिधि वा सरोकारवालाहरूको सहभागीता आवश्यक रहेको बताउनु भयो । उहाँले कर संकलनको लक्ष्य प्राप्त गर्न दुई-तीन ब्यापारीलाई मात्र लक्षित गर्दा व्यवसाय विस्थापित हुने खतरा रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे । कार्यक्रममा सहभागीहरूले अनुगमनका क्रममा नगरका सबै सरोकारवालाहरूको सहभागितामा काम गर्न माग गरे । व्यापारमा अनुगमनका नाममा त्रास फैलाउनुको सट्टा समाधानमुखी कार्यदिशा तय गर्न आवश्यक रहेको बताएका छन् ।

सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले बोर्डरमा व्यापक रुपमा भइरहेको तस्करीबारे पटक पटक सरोकारबालालाई जानकारी गराउँदा पनि सुनुवाई नभएको बताए । 'तस्करीबारे मैले आफैं पनि पटक-पटक जानकारी गराएको छु तर सुनुवाई हुँदैन्, आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि व्यवसायीको मात्रै दोष देखाएर कहाँ हुन्छ ?'

उनले व्यवसायीलाई पनि अवैध मालसमान नराख्न र स्वच्छ रुपमा व्यवसाय गर्न आग्रह गरे । 'बजार मन्दी रहेका कारण तपाई (व्यवसायी) हरु समस्यामा हुनुहुन्छ, त्यो कुरा नकार्न सकिदैन तर कानूनको परिधिभित्र रहेर व्यवसाय गर्न आग्रह छ', उनले भने । अध्यक्ष अग्रवालले प्रहरी प्रशासनलाई बजारको मन्दीले व्यवसाय धरासायी भइरहेको बेला अनाहकमा व्यवसायीलाई दुःख नदिन र अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने सबैको दायित्व भए पनि बजार अनुगमनका नाममा वैध कारोबार गर्ने व्यापारीलाई दु:ख दिने काम बढी भएको भन्दै असन्तुष्टि जनाए । नेपालीहरूको चाडपर्व दशैं , दिपावली शुरू हुन लाग्दा बजारमा अनुगमनका निकायले व्यवसायीलाई आतंकित बनाएको आरोप अध्यक्ष अग्रवालले लगाए ।

‘हामी पनि व्यापारको आवरणमा अवैध कारोबार र अवाञ्छित गतिविधि नहोस् भन्ने पक्षमा छौं । अनधिकृत काम गर्ने र उपभोक्तालाई हानि पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । तर, यसो भनिरहँदा वैध व्यापार गर्नेहरूको सामान्य कमजोरी कोट्याएर हजारौं रुपैयाँ जरीवाना तिराउनु ठीक होइन,’ अग्रवालले भने । बजार अनुगमनको नाममा अनेक थरीका निकाय र अधिकारवादीले अराजकता मच्चाएको भन्दै उनले यसो गर्न स्थानीय जिल्ला प्रशासन र प्रहरीका अधिकारीहरूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

इनर्वा गाउँका प्रहरी ...

रंजित चौरसिया वीरगंज १४ कात्तिक । पर्सा जिल्लाको एक मात्र तस्करीको अखडाको रुपमा बनेको इनर्वा गाउँका ...

सिरहाको गोलबजारमा नग ...

संजू कुमारी दास, लाहान १४ कार्तिक । गोलबजार नगरपालिकाको सबै वडा बाट लगभग १०० भन्दा बढी किशोरीहरुको स ...

सिरहाको नवराजपुर ३ क ...

ओम प्रकाश यादव लहान १३ कार्तिक । सिरहा जिल्लाको दक्षिणी सिमासंग जोडिएका नवराजपुर गाउँपालिका वडा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१