समृद्धिको भुमिमा कमिसनको खेती, प्रशासकीय अधिकृत माथी व्यापक आक्रोश

  • जेठ ७, २०७६
  • ७८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, ७ जेष्ठ । लाहान नगरपालिका केही दिन देखि बिवादै बिवादको भुमरीमा फसेको छ । लाहान ४ स्थित डम्पिङ साईटको मुद्दा बिसर्जन हुन नपाउदै फेरि कमिसनको मुद्दाले नगरपालिकालाई विवादमा तानेको छ । नेकपा पार्टीबाट निर्वाचित लाहान २० का वार्ड अध्यक्ष गणेश चौधरी ले वार्ड योजनाको लागी आएको १८ लाख बजेटमा लाहान नगरपालिकाको प्रशासकिय अधिकृत गिरिराज ज्ञवालीले ३० % कमिशन (पिसी) मागेको आरोप अध्यक्ष चौधरीले लगाएका छन । अध्यक्ष चौधरीको अनुसार मेयर मुनि साह सुडी कै ईशारामा कमिसनको चलखेल हुनेगरेको आरोप छ ।

अध्यक्ष चौधरी बिच व्यक्तिगत स्वार्थले ठूलो पर्खाल निर्माण गरेको एक लाहानको स्थानीय सरोज चौधरीले बताउछन । लाहान नगरपालिका को हरेक कार्यक्रममा समृद्धिको चर्को नारा सुनिएपनी ब्यवहार सन्कास्पद भएको कुरा लाहान ४ का सुरेन्द्र मन्डलको अडकल रहेको छ । युवा नेता चौधरी समर्थित युवाहरु अधिकृतमाथी व्यापक रुपमा आक्रोशित छन । उता प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली ले कमिसनको कुरालाई स्वीकारेका छैनन । उनको अनुसार कच्चा काम र पक्का काम को लागि ७०% र ३०% को जिकिर भएको हो । फोन सम्पर्कमा अधिकृत ज्ञवालीले आफू कति ईमानदार रहेको कुरा बुझ्न् गोलबजारवासी सङ्ग सम्पर्क गर्न सुझाएका छन ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१