Siraha Times
ताजा समाचार

यु-१७ एसियन कप छनोटमा नेपाल कतारसङ्ग ५-०ले पराजित

  • कार्तिक १०, २०८१
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा - एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो ।

दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे ।

समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो ।उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् ।गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत: छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१