Siraha Times
ताजा समाचार

प्रहरी निरिक्षक सुरज खत्रीले पाए असोज महिनाको उत्कृष्ट प्रहरी अवार्ड

  • कार्तिक ७, २०८१
  • ७०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कार्तिक ७ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मासिक रुपमा दिदै आएको उत्कृष्ट प्रहरी पुरस्कार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले पाएका छन्। संगठनले दिएको जिम्मेवारी पूर्ण रूपले कर्तव्यनिष्ट भई अपराध अनुसंधान र प्रहरी कार्यवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै हिन्दू हरूको महान चाड बडा दशैको अवसरमा मूर्ति विसर्जनमा व्यवस्थित रूपमा प्रहरी परिचालन तथा स्थानीय स्तरमा राम्रो समन्वयात्मक भूमिका निर्वाह गरि आम नागरिक माझ प्रहरी संगठनको गरिमामा योगदान पुर्याएकाले प्रशंसा पत्र सहित सम्मानित भएका छन्। प्रशांत पत्र पाएकाले कृष्णनगरका स्थानीय हरुले प्रहरी निरिक्षक सुरज खत्रीले गरेको राम्रो कामको उचित मूल्यांकन गर्दे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सम्मान गरेको राम्रो कदम रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक निरंजन दत्त भट्टको हस्ताक्षरित प्रशंसा पत्र आज प्रदान गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

लहान–११ को लक्ष्मिनि ...

ओम प्रकाश यादव लहान  भदौ १० । लहान नगरपालिका–११ स्थित लक्ष्मिनिया आधारभूत स्वास्थ्य सेवा ...

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१