Siraha Times
ताजा समाचार

काँग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : अध्यक्ष यादव

  • कार्तिक ३, २०८१
  • ६४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक ३ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन । जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित 'जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण " सम्बन्धि अनुगमन तथा समिक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन ।

काँग्रेस कम्युनिस्टले ३५ बर्ष गरेको शासनको उपलब्धि कुशासन ,भ्रष्टाचार , बिदेशी ॠण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनिहरु विरुद्ध सडक र सदन दुबै मोर्चा बाट संघर्ष गर्नु पर्ने बताउनु भयो । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा महासचिव राम कुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव , केन्द्रिय सदस्य दिपक झा गुड्डु ,प्रदेश अ अध्यक्ष बालकिशोर यादव सहितका बक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभुत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ आफ्नो धारना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१