काँग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : अध्यक्ष यादव

  • कार्तिक ३, २०८१
  • ४४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक ३ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन । जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित 'जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण " सम्बन्धि अनुगमन तथा समिक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन ।

काँग्रेस कम्युनिस्टले ३५ बर्ष गरेको शासनको उपलब्धि कुशासन ,भ्रष्टाचार , बिदेशी ॠण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनिहरु विरुद्ध सडक र सदन दुबै मोर्चा बाट संघर्ष गर्नु पर्ने बताउनु भयो । जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा महासचिव राम कुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव , केन्द्रिय सदस्य दिपक झा गुड्डु ,प्रदेश अ अध्यक्ष बालकिशोर यादव सहितका बक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभुत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ आफ्नो धारना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१