Siraha Times
ताजा समाचार

पालिका स्तरीय ने.बि. संघ कार्यसमिति गठन सखुवामा

  • कार्तिक ३, २०८१
  • ६१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ कार्तिक सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ आ.बि. महदेवामा ने.बि संघ जिल्ला कार्यसमिति सिरहा द्वारा गा.पा /ना.पा संगठन बिस्तार कार्यक्रम अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिकामा पालिका स्तरीय नेपाल बिद्यार्थी संघको कार्यसमिति यसै पालिका३ महेशवारीमा बस्ने जय प्रकाश यादव सभापति सहित ४३ सदस्यीय कमिटि गठन सर्बसहमतिले चयन भएका छन।

कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष बिद्यार्थी नेता पप्पु यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादव बिशिस्ट अतिथिहरु लहान नगर प्रमुख महेश प्रसाद चौधरी, सखुवानन्कारकट्टी गा.पा. उपाध्यक्ष निलम यादव, यसै पालिकाका इकाई सभापति बालकृष्ण यादव र युवा नेता गोपाल यादव, धनगढीमाई न.पा.२ का वडाअध्यक्ष हमिद मिया लगायत बिभिन्न तह तपकाका काङ्ग्रेसी नेताकार्यकर्ता अगुवा र सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दै लहान नगर प्रमुख महेश प्रसाद चौधरीले देशको पुरानो पार्टी काङ्ग्रेस हो र पार्टीको भरोसा टुट्न नदिन सम्पुर्ण नेताकार्यकर्ता र काङ्ग्रेस समर्थकहरुले जनभावना अनुसार अगाडी बढ्न जरुरी रहेको बताएका हुन।

त्यसै गरी प्रमुख अतिथिको रुपमा सम्पुर्ण पदाधिकारीहरुलाई बधाई दिदै नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादवले युवा शक्ति अहिले कुलतमा ब्यापक रुपमा फसेको र समुदाय स्तरमा बिभिन्न बिकृति फैलाइरहेको बताएका हुन। उहाँ अगाडी थप्दै युवा नरहे देश रहन सक्दैन यसर्थ म घटस्थापनाको दिन देखि युवा बचाउ अभियान शुरु गर्न जिल्ला भरी हरेक पालिकाको नेताकार्यकर्ता बिद्यार्थी युवा लगायत हरेक तहतपकाका साथीहरु संग समन्वय र सहकार्य गर्दैछु र यो अभियान सफल पार्न गाउँ टोल बस्ति बाट सबै पक्ष एकै चोटि उठ्न जरुरी छ र यस महान कार्यमा नेपाली काङ्ग्रेस अग्र पंक्तिमा रहेर अगाडी बढ्न जरुरी रहेको समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१