सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रसुति गृहमा पहिलो बच्चाको जन्म

  • चैत २२, २०७४
  • ८३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २२ ।  हालै संचालनमा आएको सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्रा–पश्चिमस्थित स्वास्थ्य चौकी प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ ।  सुरुङ्गा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको प्रसुति गृहकी अनमी सिता श्रेष्ठले जानकारी दिइन् । अनमी श्रेष्ठले बच्चा जन्मिने बेलामा कुनै अप्ठ्यारो अवस्था नआएको र बच्चा पनि स्वस्थ रहेको तथा बच्चाको तौल ३ केजी ३ सय ग्राम रहको बताइन् । सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत फाल्गुन २४ गते प्रसुति गृहको उद्घाटन गरिएको थियो ।  उद्घाटन कार्यक्रममा सुरुङ्गा १ का वडाध्यक्ष मुक्तीकुमार कार्कीले प्रसुति गृहमा जन्मिने पहिलो पचास जना बच्चाको लागि सरकारले दिदै आएको प्रोत्साहन रकममा १ हजार रुपैयाँ थप पुरस्कार र बेबी सेट लुगा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१