Siraha Times
ताजा समाचार

चौथो कटारी गोल्डकपको तयारी पुरा , शनिबार आयोजक र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदै

  • चैत १०, २०७४
  • ७८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / कटारी: शनिबारदेखि उदयपुरको कटारीमा चौथो कटारी मेयर गोल्डकप कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार उदघाटन खेलमा आयोजक कटारी ११ र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदैछ । प्रतिष्पर्धाका लागि सहाराका क्लब कटारी आईपुगिसकेको छ ।

प्रतियोगितामा सहारा क्लब, गोरखा ब्वाईज रुपन्देही ,बनेपा ब्वाईज क्लब , सरस्वती क्लब काठमाडौं , झापा ११ , चर्च ब्वाईज, संकटा क्लब र आयोजक कटारी ११ सहित ८ टिमले प्रतिष्पर्धा गर्दैछन् । गोल्डकप विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् । कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजना गर्न लागिएको चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता सम्पन्न गर्न ३२ लाख खर्च हुने अनुमान छ ।

यसपटकको गोल्डकप ऐतिहासिक हुने आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए ।‘साविकको भन्दा पुरष्कार चारगुणा बढाएका छौं , त्यस्तै टिमहरुको सहभागितामा ए डिभिजनका ३ क्लव र मोफसलका एकेडेमी संञ्चालित सहारा , झापा लगायता टिमले गर्दा यो गोल्डकप ऐतिहासिक हुनेछ ।’गोल्डकपका लागि बेराघेरा , मैदानको तयारी , टिकट व्यवस्थापन लगायतका सबै तयारी पुरा भएको समेत कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१