Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

  • असोज २३, २०८१
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, २३ असोज । सप्तरीको सुरुङ्गा नगरपालिकामा सार्वजनिक सुनवाई तथा प्रगति समिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका कामहरुको विवरण सार्वजनिक सुनवाई कार्यक्रममा प्रस्तुत गर्दै प्रगति समिक्षा समेत गरेको हो । कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमानले आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले भए गरेका कामहरुको विवरण प्रोजेक्टरको माध्यमले उपस्थित जनमानसमा प्रस्तुत गरेको थियो । कार्यक्रममा उपस्थित विभिन्न पार्टीका प्रतिनिधिहरुले नगरपालिकाले प्रस्तुत गरेको भए गरेका कामहरुको बारेमा जिज्ञासा राख्दै सुधारका लागि राय सुझाव समेत दिएका थिए । नगरपालिकाकी मेयर गीता चौधरीले कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासालाई जवाफ दिएका थिए ।

कार्यक्रममा नगरपालिकाले सुन्दर सुरिङ्गा नामक समारिका समेत विमोचन गरेको थियो । कार्यक्रममा नगरपालिकाका उपमेयर रुद्र बहादुर कार्की, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, लेखा प्रमुख सिताराम कार्की, विभिन्न शाखाका शाखा प्रमुखहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, प्रहरी, संचारकर्मी लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्व्य वडा ४ का वडा अध्यक्ष देबेन्द्र चौधरीले राखेको थियो भने कार्यक्रम संचालन शिक्षक भोगेन्द्र यादवले गरेको थियो । कार्यक्रम सुरुङा नगरपालिकाको आयोजनामा राष्ट्रिय आ.वि.कनकपट्टिको सभाहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१