ताजा समाचार

नेपाल भेटेरिनरी एशोसिएन प्रदेश नंं. २ को अगुवाईमा निःशुल्क पशु स्वास्थ्य शिविर

  • वैशाख २२, २०७६
  • २०८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल २२ बैशाख। विश्व भेटेरिनरी दिवसको सप्ताहिक कार्यक्रम को रूप मा महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश नम्बर २ को अगुवाइ मा नि:शुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता राज नारायण पण्डित तथा प्रमुख अतिथि राजपा नेता ज्ञानेन्द्र झा (ज्ञानु ) हुनुहुन्थ्यो।आजको शिबिरमा १५०० सय भन्दा बढी पशुहरुमा खोरेत तथा पि.पि.आर को खोपका साथै नि:शुल्क औषधीहरु वितरण गरियो। जुन शिबिर लाइ सफल गर्न नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश २ का अध्यक्ष डा.जय प्राकश यादव,सचिब डा.पुषपेन्द्र साह का साथै पशुरोग अन्वेषण प्रयोगशाला जनकपुरका बरिस्ठ पशु चिकित्सक डा.राकेश मोहन सिंह,पशु चिकित्सक डा.मुकेश नायक,पशु अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र का प्रमुख डा.शम्भु साह नेपाल भेटेरिनरी एसोसिएसन का पुर्ब केन्द्रिय सदसय डा.बिनोद कुमार यादव ले सहयोग गरेका थिए । 

कार्यक्रम मा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का बोर्ड सदस्य डा.सुमन कुमार सिंहको अगुवाइ तथा बजरङ्ग भेटेरिनरी का पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित डा.रोशन राजन साह का साथै एनिमल पयरासाइटोलोजिस्ट मि.सौरभ कुमार सिंह र प्रफुल चन्द्र झा ले पशुहरु को गोबर परिक्षण तथा जुका विरुद्ध को औषधी हरु वितरण गरियो कार्यक्रममा श्री जनता नमुना प्राबिधिक का जे.टि.ए. दिनेश शर्मा, चितरन्जन शर्मा र कृष्ण साफी को उपस्थिति मा सम्पन्न गरियो।साथै विभिन्न फर्मासिउटिकल कम्पनी Fleur Himalaya,Virbac, Q-Med,kantipur vet Distributor,Mankind तथा Bhaskar herbicutical ले sponsor गरेका थिये।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤