Siraha Times
ताजा समाचार

बलान बिहुल वडा नं. ३ को कार्यालय भवन उद्घाटन

  • असोज १८, २०८१
  • ११८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, १८ असोज । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ३ को कार्यालय भवन उद्घाटन गरिएको छ । लामो समयदेखि भाँडाको घरमा संचालन भईरहेको यस वडाको नवनिर्मित भवन आज एक कार्यक्रमबिच बलान बिहुल गाउँपालिका वडा नं. ३ मौवाहामा उद्घाटन गरिएको छ ।

Messenger_creation_B247A948-F655-4309-B400-64B9BC7CC234 राष्ट्रिय योजना आयोगको ४० लाख र बलान विहुल गाउँपालिकाको २६ लाख गरि जम्मा ६६ लाखको लगानीमा वडा कार्यालय निर्माण सम्पन्न भई उद्घाटन भएसंगै कार्यालय संचालनमा आएको छ । बलान बिहुल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकिशोर यादब (बब्लु) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गाउँपालिका प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपप्रमुख रेणु यादब, त्यसैगरी अतिथिको रुपमा वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादब, कार्यपालिका सदस्यहरु संतोष कुमार साह, संजिव शर्मा, वडा सदस्यहरु अमला देवि यादब, राम बचन मण्डल, राजलाल साह, सशस्त्र प्रहरी निरिक्षक सनत कुमार राई, नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक संजय झा, नगर प्रहरी प्रमुख पशुपति यादब, असई संतोष कुमार यादव, सबईन्जिनियर दिनेश कुमार यादब, जसपाका नेता हरी राम, युवा नेता घनश्याम मण्डल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा कार्यालयका कर्मचारी धिरज झाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१