राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने

  • वैशाख २२, २०७६
  • १२९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झा जनकपुरधाम।२२ बैशाख। मधेस केन्द्रित भूमिगत आन्दोलन गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा पनि अब सक्रिय राजनीतिमा आउने भएको छ । आइतबार मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति ‘विवेक’ ले प्रेस विज्ञप्ति जारी मुद्दा विचार मिल्ने राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने, संगठन विस्तार र निर्वाचन आयोगमा दल दर्ता गराउने सहितका निर्णय गरिएको जनाएका हुन् ।

मोर्चाको केन्द्रीय सचिवालको बैठकबाट नेपाल सरकार, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दल, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिक समाजका अगूवलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको छ । मोर्चाले आगामी भदौंको पहिलो साता काठमाडौंमा विशाल जनसभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । यसका साथै राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय ‘संगठन परिचालन तथा व्यवस्थापन समिति’ पनि गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । समितिका सदस्यहरूमा दीपक सिंह ‘भास्कर मुक्ति’, लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१