Siraha Times
ताजा समाचार

जनमत पार्टीबाट सामूहिक राजीनामा

  • असोज १६, २०८१
  • ८३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं : जनमत पार्टीभित्र जादिवाद, परिवारवाद, र चापलुसी हाबी भएको आरोप लगाउँदै पार्टीका ५ जना केन्द्रीय सदस्यसहित २१ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । राजीनामा दिने नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र निष्पक्षता र लोकतान्त्रिक अभ्यासको अभाव भएको बताएका छन्। उनीहरूले नेतृत्वले आन्तरिक निर्णय प्रक्रियामा जादिवाद र परिवारवादलाई प्राथमिकता दिएको र योग्य नेताहरूलाई चापलुसीको आधारमा बेवास्ता गरेको आरोप लगाएका छन्। राजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, "जनमत पार्टीले जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जादिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।" सामूहिक राजीनामा दिनेहरूमा ५ जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशस्तरीय नेताहरू र जिल्लास्तरीय नेताहरूसमेत रहेका छन्। राजीनामा दिने समूहले भविष्यमा नयाँ राजनीतिक कदम चाल्न सक्ने संकेत पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१